धरान । चितवनकाे भरतपुरस्थित भरतपुर कोरोना विषेश अस्पतालमा उपचाररत एक युवाको मुत्यु भएको छ ।
उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको कोरानो विशेष अस्थायी अस्पतालको व्यवस्थापन समितिका संयोजक एवम् भरतपुर अस्पतालका चिकित्सक डा.भोजराज अधिकारीले जानकारी दिए । उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएका युवालाई चितवन मेडिकल कलेजबाट रिफर गरेर कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।
डा. अधिकारीले भने उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो तर कोरोना संक्रमणकै कारण मृत्यु भएको भन्न चै सकिदैन । हामीले नमुना सोमबार संकलन गरेर मंगलबार विहान पठाएका थियौ । रिपोर्ट आउन बाँकी छ । अहिले उनको शव अस्पतालमै राखिएको छ ।