#हातमा औंठी तथा घडी नलगाऔं | साबुनले हात धोएपनि औंठी तथा घडीको पछाडि भाइरस रहन सक्छन |
#नंग नपालौं |
#बाहिरबाट घर आएपछि मोबाइल फोन, चस्मा, ब्याग, कपडा, जुत्ता, मोजा, साँचो, आदिलाई घाममा सुकाउने गरौँ |
#सकभर पत्रिका घरभित्र नराखौं | अनलाइन संस्करण पढौं | #पैसाबाट कोरोना भाइरस सर्न सक्छ | पंजा लगाएर पैसाको काम गरौँ | पैसालाई घाममा राखौं |
#दुधको प्याकेट, बजारबाट ल्याएको सामान, अनलाइन अर्डर गरेका सामानलाई निस्संक्रमण गरौँ |
#अन्य व्यक्ति भेट्ने कोठामा एक्जिट फ्यान राख्ने, झ्याल खोल्ने गरौँ ।
#स्विमिङ नगरौं | #दाहिने हातलाई ( बायाँ हात चलाउनेले बायाँ हात ) अनुहार छुनबाट नियन्त्रण गरौँ | #मान्छेभन्दा अलि टाढा गएर खोक्ने, हाच्छ्युं गर्ने गरौँ |
#बाहिरका सबै सामान र सबै व्यक्तिलाई शंका गरौँ | घरभित्र आउँदा आफुलाई शंका गरौँ |
#मास्कलाई कहिल्यै पनि खल्ती वा ब्यागमा नराखौं | घरबाहिर सुरक्षित तरिकाले डिस्पोज गरौँ |
#देवता सर्वव्यापी हुन्छन् भन्ने मान्यता राख्नुहुन्छ भने घरबाट नै पुजा गरौँ | #हरेक व्यक्तिसंग १.५ मिटरको दुरी कायम गरौँ
| #पाहुना जाने, बोलाउने संस्कृतिलाई स्थगित गरौँ | #हतारिएर धेरै सामग्री तथा औषधि संकलन नगरौं | संक्रमण भयो भने तपाइंले जम्मा गरेका औषधि उपयोगी हुँदैनन् | त्यस्तै तपाईलाई संक्रमण भयो भने तपाइंले किनेका खाध्य पदार्थ तपाईंले खान सक्नुहुन्न ।
#कडा औषधि तथा स्टेरोइड सेवन नगरौं | गरेका छौं भने आफ्नो चिकित्सकलाई जानकारी दिएर घटाउदै हटाउने तरिका सिकौं |
– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ