धरान / धरान–६ स्थित पानवारीको संगम चौकमा रहेको रत्न बस्नेतको घरबाट आज राती मोटरसाइकल हराएको छ ।
घर अगाडी बरण्डामा पार्किङ गरि राखिएको को ३८ प ९१६७ नं. को रातो रंगको १५० सिसिको पल्सर मोटरसाइकल हराएको बस्नेतले जानकारी दिए ।
ह्याण्डिल लक भाचेर चोरी गरिएको उनले बताए । राती १० बजेसम्म त्यही रहेको तर हिवान उठेर हेदा नभेटिएको बस्नेतले बताए । मोटरसाइकल चोरी भएको विषयमा बस्नेतले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् । ६ महिना अघि वडा अध्यक्ष भुवनसिंह बस्नेतका भाईसहितको ३ वटा मोटरसाइकल चोरी भएको थियो ।