धरान/कोरोनाभाइरसको जोखिमलाई मध्यनजर गर्दै धरान जेसीजले धरानका चार प्रमुख स्थानमा हात धुने बेसिन जडान गरेको छ ।
सर्वसाधारणका लागि लक्षित गर्दै धरानको भानुचौक, छाताचौक, बीपी प्रतिष्ठानको गेट र धरान–८ को बरगाछीमा सफाइका लागि एक हजार लिटरको पानी ट्याङ्कीसहितको बेसिन जडान गरेको हो । जेसीजले जडान गरेको बेसिनको उद्घाटन धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईले गरे ।
जेसीजलाई धरान उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय धरान, मनोकामना हार्डवेयर, जय श्री टे«ड एण्ड कन्सर्न, एपल डिजिटल प्रिन्टर्सले सहयोग गरेको धरान जेसीजका अध्यक्ष दीपेन्द्र निरौलाले बताए । धरानको भानुचौकको वडा प्रहरी कार्यालय अगाडि रहेको हात धुने बेसिनको शुभारम्भ भने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले गरे ।