ब्लाष्टखबर । कोरोना विरुद्धको हाम्रो अभियान भन्दै व्हाईट हाउस धरानले विपन्न क्षेत्रमा जनचेतना जगाउदै हेण्ड्वास, मास्क र डिटोल साबुन जस्ता सामाग्रीहरू वितरण गर्दै आएको छ ।
अभियानमा शनिबार पकली र इनरुवाका विभिन्न स्थानमा जनचेना जगाउदै हेण्ड्वास, मास्क र डिटोल साबुन वितरण गरेको व्हाईट हाउस इन्टरनेसनल कलेज अफ हाेटल म्यानेजमेन्टका कार्यकारी निर्देशक अरूनकुमार प्रधानले बताएका छन् ।
उनले शहरी क्षेत्रमा विभिन्न खाले सुचनाको पौच रहने भएकोले त्यहाँका जनाता कोरोना महामारीबाट हुन सक्ने जोखीमको आकलन गर्दै आवश्क सुरक्षा अपनाउन सक्ने भएपनि रिमोट क्षेत्रहरूमा जनचेतनाका कार्यक्रमहरू नपुगेको बताउदै व्हाईट हाउसले संञ्चालन गरेको अभियान त्यस्ता क्षेत्र जाने बताएका छन्र ।
प्रधानले शनिबार पकलिको मुसहर वस्तिमा पुग्दा धेरैलाई करोना भाईरस भनेको के हो रु र कसरी सुरक्षित रहने रु भन्ने कुराको जानकारी समेत नपाएको भेटेएको बताए । उनले भने '
त्यस ठाउँमा न सरकारी निकाय जनचेतनाकालागी पुगेको भेटीयो न गैर सरकारी निकाय नै यस्ता बिपन्नहरूको बसोबास रहेको बस्तीमा गएर सचेतना फैलाउनु नै आजको आवस्यकता हो । हामी स्थानीय निकाय संग यस्तै रिमोट क्षेत्रको पहिचान गरेर मात्र पुग्ने गर्छौ । '
अभियानले पकली अवस्तिथ बृद्ध आश्रममा रहेका बृद्धवृद्धाहरूलाइ हेन्ड वास , माक्स र डिटोल साबुन वितरण गर्नुका साथै कोरोनाबाट कसरी सुरक्षीतरहने भन्ने जनचेतना पनि दिएको थियो । त्यस्तै , ईनरुवा ४ अवस्थित मरिक वस्ती र मुसहर वस्तीमा सचेतना कार्यक्रम गर्नुका साथै मास्क र डिटोल साबुन वितरण गरेको थियो । यस अघि इटहरीकाे चमार बस्ति , मुसहर बस्ति , धरानका सुकुम्बासी बस्ति
लगायतका क्षेत्रहरूमा जनचेतना फैलाउदै साबुन , मास्क र सेनिटाइजर नि:शुल्क बितरण गरेकाे जनाएकाे छ ।
अभियानमा नेपाल चलचित्र निर्देशक समाज काठमाण्डाै , सहयाेगि भित्ता इटहरी , चलचित्रकर्मि महासंघ प्रदेश एक लगायतका संघसंस्थाहरूले पनि साथ दिएकाे प्रधानले बताएका छन् ।