काठमाडौं । कोरोना भाइरस (कोभिड १९( को संक्रमणबाट वेलायतमा एक नेपालीको मृत्यु भएको छ ।
इटहरीका स्थायीवासी ६६ वर्षीय पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको मृत्यु भएको उनका परिवारले जनाउका छन् । उनी सपरिवार बेलायतको हृयारो सहरमा बस्दै आएका थिए । यो लण्डनबाट करिब २१ किलोमिटर उत्तर(पश्चिममा पर्छ ।
उनको मृत्यु चैत ४ गते बेलुका ८ बजे लण्डनको नर्थविक पार्क हस्पिटलमा भएको जानकारी उनका आफन्त जयलक्ष्मी राईले जानकारी दिइन ।
लिलाबहादुर ब्रिटिस(गोर्खा सैनिक सेवाबाट निवृत भएपछि सुनसरीको इटहरी र पछि सन् २००८ मा वेलायत बसाई सरेका हुन ।
उनी मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । दुई वर्ष अघि मृगौला प्रत्यारोपण समेत गरिएको थियो । मृत्युको कारण कोभि १९ भएको जानकारी अस्पतालले शुक्रबार मात्र गराएको थियो । अहिले लिलाबहादुर राईका श्रीमतिसहित परिवारका सबैलाई आइसोलेशनमा राखिएको छ ।