धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानक हेल्थ डेकसको सम्पर्कमा आएका भारतको केरलाबाट फर्केका ६ जना युवाहरु सरकारले तयार गरेको क्यारेन्टाइनमा लाने तयारी गर्दागदैं त्यहाँबाट हिडेका छन् । उनीहरु सार्वजनिक सवारी चढेर धनकुटा पुगेको बताइएको छ ।
दुई व्यक्तिमा ज्वरो देखिएपछि मोरङको टाँडीस्थित नेपाली सेनाले तयार गरेको क्वारेन्टाइनमा पठाउन एम्बुलेन्सको तयारी गर्दैगर्दा ती व्यक्तिहरु घर धनकुटातर्फ सुटुक्क गएको प्रतिष्ठानले जनाएको छ ।
चिकित्सको सल्लाहा सुझाव नमान्दा कोरोना संक्रमण रोकथामको लागि प्रमुख चुनौती बन्दैं गरेको प्रतिष्ठानका सिहायक अस्पताल निर्देशक डा. विकास साहले बताए । चकित्सकहरु बताउछन् । विदेशबाट आएका व्यक्तिहरु त्यसै पनि १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । ती दुवैमा एक जनालाई १००.८ डिग्री र अर्कोलाई ९९.८ डिग्री ज्वरो आएको बताइएको छ । चिकित्सकले उनीहरु भागेको विषयमा प्रहरीलाई जानकारी गराएका छन् । ‘उनीहरुमा खासै समस्या त थिउन । तर घरमै क्यारेनटाइनमा बस्दा पनि हुने हो तर सार्वजनिक बस चढेर चाही जान नहुने तर उहाँहरु हामी एम्बुलेन्स व्यवस्था गर्दा गदैंजानु भए छ । ’–डा. साहले भने ।
यति कसैमा संक्रमण भए घर परिवार, छरछिमेकसबैलाई संक्रमण हुने भएकाले विदेशबाट आउने व्यक्ति आफै जिम्मेवार हुने चिकित्सकहरुले आग्रह गरेका छन् ।