Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • कोरोनाभाइरसः इटालीमा एकै दिन ६२७ जनाको मृत्यु, वृद्धवृद्धा उच्च जोखिममा

कोरोनाभाइरसः इटालीमा एकै दिन ६२७ जनाको मृत्यु, वृद्धवृद्धा उच्च जोखिममा

alt तस्बिर गुगल
  • चैत ८, २०७६
  • रासस/एएफपी
 
रोम /  कोरोनाभाइरसको संक्रमणका कारण इटालीमा एकै दिन ६४७ जनाको मृत्यु भएको इटालीका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यो सहित इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ । एक महिनाअघि भाइरसको संक्रमण देखिएयता इटालीमा भयावह अवस्था सिर्जना भएको छ ।
चीनपछि सबैभन्दा बढी व्यक्तिको इटालीमा मृत्यु भएको छ भने संक्रमित व्यक्तिको संख्या पनि चीनपछि इटालीमै देखिएको छ । चीनमा करिब ३ हजार २५५ जनाको मृत्यु भएको थियो । इटालीको नागरिक सुरक्षा निकायका अनुसार इटालीमा कूल संक्रमितको संख्या ४७ हजार २१ पुगेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार यो संख्या करिब १४.६ प्रतिशतले वृद्धि भएको हो । इटालीको राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (आइएसएस) का अनुसार मृत्यु भएका व्यक्तिहरुको औसत उमेर ७८.५ वर्ष रहेको छ ।
मृत्यु भएकामध्ये सबैभन्दा कम उमेरका व्यक्ति ३१ वर्षका थिए भने सबैभन्दा बढी उमेरका व्यक्ति १०३ वर्षका थिए । त्यस्तै मृत्यु भएकामध्ये ४१ प्रतिशत ८० देखि ८९ वर्षका तथा ३५ प्रतिशत व्यक्ति ७० देखि ७९ वर्ष उमेरका थिए । इटालीमा जापानपछि विश्वमै सबैभन्दा बढी बुढ्यौली उमेरका व्यक्ति रहेका छन् । मुलुकको कूल जनसंख्याको करिब २३ प्रतिशतको उमेर ६५ वर्षभन्दा माथि छ । चिकित्सा विज्ञहरुको भनाईमा विश्वका अन्य भागको तुलनामा यहाँ मृत्युदर बढी किन भइरहेको छ भन्ने यही तथ्याँकले नै पुष्टी गर्दछ । मृत्यु भएका ३ हजार २०० व्यक्तिको सर्वेक्षणका आधारमा तयार पारिएको आइएसएसको प्रतिवेदनमा मृतकमध्ये ७०.६ प्रतिशत पुरुष र २९.४ प्रतिशत महिला रहेको उल्लेख छ ।
तुलनात्मक रुपमा कोरोना संक्रमित व्यक्तिको औसत उमेर ६३ वर्ष रहेको छ । अध्ययनमा समेटिएका ४८१ जना मृतक व्यक्तिको गहिरो विश्लेषण गर्दा झण्डै ९९ प्रतिशतमा एक वा त्योभन्दा बढी किसिमका रोगबाट पीडित भएको देखिएको छ । करिब ७३.८ प्रतिशत व्यक्तिमा उच्च रक्तचाप थियो भने ३४ प्रतिशतमा मधुमेह र ३०.१ प्रतिशतमा मुटुरोग थियो । अस्पतालमा भर्ना हुँदा ७६ प्रतिशतमा ज्वरो आएको थियो भने ७३ प्रतिशतलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । करिब ४० प्रतिशतमा खोकी थियो भने ८ प्रतिशत व्यक्तिमा झाडापखाला लागेको थियो । प्रतिवेदनमा औसत रुपमा रोगको लक्षण देखिएपछि ८ दिनभित्र मानिसको मृत्यु उल्लेख छ । यी मानिसहरु औसतमा चार दिनमात्र अस्पतालमा भर्ना भएको पाइएको छ । सर्वेक्षणमा समेटिएका ३ हजार २०० मृत्युमध्ये ९ जना मात्र ४० वर्षभन्दा मुनिका थिए ।
यो पनि - कोरोनाबाट त्रसित नहुनुहोस्, बुझ्नु परे ९८०२७९५२५२ र ९८०२७९५३४९ नम्बरमा फोन गर्नुहोस् यो पनि - धरानका हाेटल व्यावसायीद्वारा पर्यटन व्यावसायलाई रुग्ण व्यावसाय घोषणा गर्न माग यो पनि - कोरना भाइरस बिरुद्ध लडन वडा कार्यालयको प्रभावकारी अभियान यो पनि - काेेराेना त्रास: काँकरभिट्टा नाकाको दृष्य(फोटो फिचर) यो पनि - काँकडभिट्टा नाकामा चेकजाँच फितलो,भारतमा कडाई
सम्बन्धित समाचार
हरकपुरमा जारी फुटबलमा कीर्तिपुर र शिवालय विजयी

धरान । मोरङको कानेपोखरी गाउँपालिकाको ३ नम्बर वडामा जारी दोस्रो संस्करणको पु ...

सुनसरीका एसपीको नम्बर ह्याक गरी पैसा माग्दै

धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ...

दिनेशको हत्या घटनाः रगतले पोतिएको त्यो साँझ

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगरको चौधरी परिवारमा शनिबार साँझ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
हरकपुर फुटबल प्रतियोगिता : कानेपोखरी उपाधि नजिक
हरकपुरमा जारी फुटबलमा कीर्तिपुर र शिवालय विजयी
सुनसरीका एसपीको नम्बर ह्याक गरी पैसा माग्दै
दिनेशको हत्या घटनाः रगतले पोतिएको त्यो साँझ
सुन तस्करी मुद्दामा पूर्वसभामुख पक्राउ
‘कफी, कवि र कविता’ को तेस्रो संस्करण पूरा
नेपालको भूराजनीतिक प्रभाव र अन्तरिम सरकार
कानेपोखरीको हरकपुरमा खुला नकआउट फुटबल सुरु
आजको राशिफलः २०८२ साल असोज २७ गते सोमबार
लुम्फुङ्वा कल्याणकारीमा कमलकुमार
चार करोड बढी मूल्यको सरकारी जग्गा हडप्ने कीर्ते धन्दा बाहिरियो
एसएलआरको ५५ राउण्ड गोली भटियो
आजको राशिफलः २०८२ साल असोज २६ गते आइतबार
कानेपोखरीको हरकपुरमा भोलिबाट फुटबल प्रतियोगिता हुँदै
सम्झनामा दुर्गा पोखरेलः सङ्घर्ष र सपना
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved