मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ ले आमवडाबासीहरुलाई कोरना भाइरसको संक्रमणबाट बाचाउन नि:शुल्क माक्स र हात धुनका लागि डिटोल साबुन उपलब्ध गराउने भएको छ । महिला शशक्तिकरण वडा समितिको सहयोगमा माक्स तथा निशुल्क डिटोल साबुन वितरण कार्यक्रम संचालन गर्ने भएको हो ।

महिला शशत्तिकरण समितिले शनिबार बाट माक्स निर्माणको काम सुरु गरेको छ । शुक्रबार बसेको वडा कार्यालयको बैठकले कोरनाभाइरसको संक्रमणबाट बच्नस हयोग पुर्याउने उदेश्यले महिला शशत्तिकरण समिति संग सहयोग लिई निःशुल्क माक्स र सबुन उपलब्ध गराउने निर्णय भएको वडाध्यक्ष नविन कार्कीले बताए । माक्स निर्माणको काम शनिबार बाट सुरु गरेको महिला शशत्तिकरण समिति अध्यक्ष देवीका भण्डारीले बताइन ।

त्यस्तै कोरोना भाइरस बिरुद्ध लडन सार्वजनीक स्थलहरुमा कोरना भाइरस सचेतना होडिङबोर्ड राख्ने, जनचेता मुलक कार्यक्रमहरु गर्ने , सार्वर्जनीक स्थल हाट, बजार, चौकमा बढी जमघट नहुन सुचना सहित घरदैलो कार्यक्रम गर्ने र कुनैपनी वडा बासीहरुलाई संकट परेमा तुरुन्त सहयोग गर्ने निर्णय भएको वडा सदस्य हेमकुमार श्रेष्ठले बताए ।