उर्लाबारी । दुवै मृगौला फेल भई आर्थीक अभावमा अस्पतालको शैयामा छट्पटाई रहेको उर्लाबारी–७ निवासी ५१ बर्षीय टिकाप्रसाद श्रेष्ठको उपचारको रकम जुटाउन सहयोग समिति गठन भएको छ ।

बुधबार भएको एक भेलाले उर्लाबारी–७ निवासी चन्द्रबहादुर श्रेष्ठको संयोकत्वमा सात सदस्यीय बिभागीय समिति गठन गरीएको हो । समितिका सदस्यहरुमा सहकारी संस्थाको तर्फबाट कृष्ण प्रधान, संघ–संस्थाको तर्फबाट मणिलाल श्रेष्ठ, संचार क्षेत्रबाट सरोज बस्नेत, बिद्यालयको तर्फबाट मदनकुमार गुरुङ, ब्यापारीको क्षेत्रबाट प्रितम खड्गी र अन्य संघ–संस्थाको तर्फबाट तेजप्रकाश श्रेष्ठलाई चयन गरेको छ । बिषयगत रुपमा निर्माण गरीएका समितिले आ–आफनो क्षेत्रमा छलफल गरी आर्थीक स्रोत संकलन गर्ने संयोजक श्रेष्ठले बताएका छन ।

दुई दशक अघि देखि मृगौलाबाट पिडीत श्रेष्ठको पहिलो मृगौला प्रत्यारोपण २०६० सालमा आमा कृष्णमाया श्रेष्ठको गरीएको थियो र दोस्रो प्रत्यारोपण यसै बर्ष गर्ने तयारी भएको सो अवसरमा जानकारी गराईएको थियो । भारतको केरला स्थित लिसी हस्पिटलमा उपचार गराईरहेका श्रेष्ठको दोस्रो मृगौला प्रत्यारोपणको लागि नेपाली ४० लाख लाग्ने भए पछि आर्थीक अभावमा दाताको खोजी गरीएको हो ।

नगरमा प्राज्ञिक क्षेत्रका अग्रणी श्रेष्ठ हाल दमक–४ मा रहेको मिष्ट कलेजका क्याम्पस प्रमुख हुन । नगरका विभीन्न संघ–संस्थामा आवद्ध श्रेष्ठले उपचारका क्रममा एक करोड भन्दा बढी खर्च आफनै स्रोतबाट भएको र पुन : उपचारको लागि अवस्था नभए पछि सवै जनाले संकलन गरी बचाउ अभियान संचालन गरीएको हो । अभियानमा यस क्षेत्रका प्रदेस संसाद कुशल साम्बाले ५ हजार हस्तान्तरण गरी खाता खोलेका छन । श्रेष्ठका एक छोरी र श्रीमती छन ।