सिरहा सिरहामा कोरोना भाइरस संक्रमण भएको आशंकामा ९ जनालाई थप परीक्षणको लागि जनकपुर पठाइएको छ । सिरहा नगरपालिका –१० नरहैयाका ९ जना बिरामी परेका थिए । स्थानीय अस्पतालमा उपचारको क्रममा उनीहरु कोरोनाको आशंका लागे पछि प्रदेश अस्पताल जनकपुर पठाइएको वडाअध्यक्ष जुगल कामतीले जानकारी दिएका छन् ।
केही दिनअघि भारतबाट फर्केका उनीहरुमा रुघा खोकी र लगातार ज्वरो आएको थियो । विदेशबाट फर्किएका हुनाले कोरोनाको आशंकामा पहिचानका लागि जनकपुर पठाइएको हो ।
गाउँमा ठूलो त्रास फैलिएका कारण उनीहरुलाई क्यारेन्टाइनमा राख्नका लागि जनकपुर पठाइएको सिराहा नगरपालिकाका मेयर अशेश्वरप्रसाद यादवले जानकारी दिए ।
४ दिन अघि पञ्जावबाट गाउँबाट आएका थिए

उनीहरु रोजगारीका लागि भारतको पञ्जावमा उनीहरु बस्दैं आएका थिए । उनीहरु चार दिन अघि मात्र गाउँ आएका थिए । नगरपालिकाको समन्वयमा जनकपुर पठाइएको छ । जनकपुरबाट पनि उनीहरु घर फर्किएका छन् । उनीहरुलाई अस्पतालले सिटामोल दिएर पठाइएको मेयर अशेश्वरप्रसाद यादव जानकारी दिए ।
भारतबाट आएकालाई क्वारेन्टाइनमा राखिएन
४ दिन अघि पञ्जावबाट आएका उनीहरु घरमै थिए । कोरोनाको लक्षण उनीहरुमा देखिए पछि गाउँमा भागाभाग भएको थियो । रुघा खोकी लागेका कारण गउाँमा त्रास फैलिएको थियो । विदेशबाट आउनेलाई सरकारले १४ दिन क्यारेन्टाइनमा राख्नु पर्ने भने पनि उनीहरुलाइै राखिएका छैन् । उनीहरु जनकपुरबाट फर्किए पछि घरमा बसिरहेका छन् । ‘जनकपुर अस्पतालले सिटामोल दिएर पठाए छ । अहिलो उनीहरु घरमै छन् ।'–यादवले भने ।