बिर्तामोड । बिर्तामाेड नगरपालिका ४ मा  नवजात शिशुकाे शव फेला परेकाे छ ।

अन्दाजी ६/७ महिनाको शिशुकाे शव सुर्योदय टोल नजिकै रहकाे अदुवा खोलामा फेला परेकाे हाे । स्थानीय बालबालिकाले माछा मार्ने क्रममा आज बिहान १० बजे  शिशु  शव खेलामा देखेपछि स्थानियले प्रहरीलाइ खबर गरेका थिए ।

घटनास्थलको मुचुल्का उठाउदै प्रहरीले शिशुलाई जन्म नदिई गर्भपतन गरेर फालिएको हुन सक्ने अासंका गरेकाे छ । शिशुकाे शव कसले फालेको भन्ने पहिचान भएको छैन ।