उर्लाबारी । धिमाल जाती बिकास केन्द्र केन्द्रिय समिति उर्लाबारीले धिमाल बिद्यार्थी मंचका केन्द्रिय महासचिव सुनिल धिमाल सहितका अन्य ३ जनालाई निलम्बन गरेको छ ।
सो केन्द्रको सोमबार बसेको सचिवालय समितिको आकस्मिक बैठ्कले सोमबार संस्थाको उर्लाबारीस्थित अठ्यिाबारी टोल समितिको निर्वाचनमा केन्द्रका केन्द्रिय सदस्य तथा सो टोल समितिका ईन्चार्ज रामप्रसाद धिमाल माथी सुनीयोजित तवरबाट आक्रमण गरीएकोले निलम्बन गरीएको सो केन्द्रले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरीएको छ ।
केन्द्रका अध्यक्ष तेजबहादुर धिमाल र महासचिव केदार धिमालले हस्ताक्षर गरेको बिज्ञप्तीमा सो टोल समितिको निर्वाचनको शिलशिलामा आक्रमण गर्ने महासचिव धिमाललाई दुई बर्ष घट्नालाई उत्त्तेजित बनाउने मोरङ जिल्ला सदस्य धनराज धिमाल र अनिल धिमाललाई एक एक बर्ष संस्थाको जिम्मेवारीबाट मुक्त गरी सो अवधी सम्म रहन नपाउने गरी कार्यवाही गरीएको जनाईएको छ ।
यस बिषयमा जिल्ला सदस्य धनराज धिमालले निर्वाचन प्रक्रियाका बिषयमा सामान्य विवाद भएको बताउदै“ कसैलाई पनि कार्यवाही गर्ने अवस्था नभएको प्रतिक्रिया दिदै“ केन्द्रका पदाधिकारीहरुले राजनितीक आस्थाका आधारमा निलम्बन गरेको बताएका छन ।