ब्लाष्टखबर । लुकाएर राखेकाे अवस्थामा प्रहरीले उपत्यकाको चन्द्रागिरी नगरपालिका–१० सतुङ्गलबाट ८ लाखभन्दा बढी सर्जिकल मास्क बरामद गरेको छ ।
आइतबार साँझनै रोहित श्रेष्ठको घरमा भाडा लिएर गोदाममा राखिएकाे १ सय ७५ बोरा मास्क स्थानीय प्रशासनले सिलबन्दी गरेको थियो । सोमबार बिहान खोलेर गणना गर्दा ८ लाख रूपैयाँभन्दा बढीकाे मास्क रहेकाे जनाइएकाे छ । प्रहरी व्यापारीकाे भेषमा स्थानीय एक पसलमा गइ माक्सको मोलमलाई गरेपछि सम्बन्धित गिरोहसम्म पुग्न सहयोग मिलेकाे थियाे ।
माक्स कालोबजारीमा पक्राउ पर्नेमा कपनमा पोते पसल सञ्चालन गर्दै आएका अजिम मियाँ, प्लाष्टिक उद्योग सञ्चालन गर्दै आएका सञ्जनकुमार रेग्मी, आरडीजी सप्लायर्सका सुरज गोयल र सुवास महेश्वरी रहेकाे प्रहरीले जनाएकाे छ ।