अहिले सिङ्गो विश्व समुदाय नै कोरोना भाइरसको त्रासमा छ । निकै विकसित र सुविधा एवम् प्रविधिसम्पन्न देशहरूमा समेत यो भयावह अवस्था सजिलै नियन्त्रण हुन सकिरहेको छैन । चीनको हुबेई प्रान्तको वुहानबाट शुरु भएको कोरोनाभाइरसको प्रभाव विश्वव्यापी रूपमा बढ्दो क्रममा छ ।
विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य सङ्कटकाल घोषणा गरेसँगै यो महामारीको त्रास झनै बढेको हो । नेपाललाई पनि कोरोनाभाइरसको उच्च जोखिम मुलुकको सूचीमा विश्व स्वास्थ्य सङ्गठनले दर्ज गरेको छ । हाल धरान मा कुनै पनि बिरामी न भएको सबैलाई थाहा नै छ । कुनै पनि मानिस यदि विदेशबाट नेपाल आयो भने आफै १४ दिन सम्म इसोलेसन गरी बसे धरै राम्रो हुन्छ या कुनै कोरोना भाइरसको लक्षण भए अस्पताल मा देखाउनुपर्छ ।
कोरोना भाइरस जनावरबाट सर्ने एक प्रकारको भाइरस हो । अनुमान गरिए अनुसार जनावरबाट नै नयाँ भाइरसको शुरुवात भएको भनिए पनि यही जनावर भनेर पत्ता लागिसकेको छैन । अरू भाइरसमा यही जनावरबाट सर्छ भनेर भन्ने गरेका छौँ तर यो नयाँ भएकाले भन्न सकिन्न ।
अहिले सङ्क्रमण फैलिएको भाइरस कोरोना समूहका अन्य भाइरसहरूसँग नमिल्ने भएकाले यसलाई २०१९ नोभेल कोरोना भाइरस नाम दिइएको छ । कोरोना भाइसरको वास्तविक नाम नोवेल कोरोना भाइरस हो । यो भाइरस चीनमा पत्ता लागेको हो । विश्व स्वास्थ्य सङ्गठनले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सिओभी’ (द्दण्ज्ञढ(लऋयख्) कोभिड–१९ नाम दिएका छन् ।
कोरोना भाइरसको लक्षण
–छिटोछिटो सास फेर्नु,
–सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु,
–समयमा उपचार नभएका निमोनिया हुनु,
–ज्वरो आउनु र खोकी लाग्नु,
–सास फेर्न गाह्रो हुने,
–मिर्गौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु हुनसक्छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न के गर्ने ?
- व्यक्तिगत सरसफाइमा ध्यान दिने ।
- रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने ।
- भीडभाडमा सावधानी अपनाउने ।
- जीवित जनावरहरूको धेरै सम्पर्कमा नबस्ने ।
- खोक्दा हाच्छ्युँ गर्दा टाढा बस्ने या रुमालले मुख छोप्ने ।
- यदि लक्षण देखिएमा चिकित्सकलाई सम्पर्क गर्ने ।
उपचार
हाल सम्म कोरोना भाइरस विरुद्ध कुनै खोप वा औषधिको आविष्कार भएको छैन ।
(डा. सिंह बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बाल रोग विभागका उपप्राध्यापक हुन् ।)