ब्लाष्टखबर । डाका मुद्धाका फरार रहेका धरान १४ विजयपुरका एल्बिस राई पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानको टोलीले राईलाई आज विजयपुर क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । राई कार्तिक २९ गते धरान १४ कै १९ वर्षीय प्रथम श्रेष्ठको मोबाइल, पर्स तथा नगद लुटपाट गरेर फरार रहका थिए ।
पक्राउ परेका रार्इलाई आजै जिल्ला अदालत सुनसरी पेश गरीएकोमा अदालतले ८० हजार धरैटी माग गरेको थियो । उक्त रकम र्तिन नसक्दा उनी थुनामा गएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।