ताप्लेजुङ / मादक पदार्थ सेवन (मापसे) गरि होहल्ला गर्ने दुई जनालाई जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनही एक हजार जरिवाना तिराएको छ । जरिवाना तिर्नेमा पाँचथरको फालेलुङ गाउँपालिका–५ का २७ वर्षिय श्याम राई र झापा दमकका ३० वर्षिय बिनोद लिम्बु छन् । फुङलिङ बजारमा शनिबार अत्याधिक मापसे गरि होहल्ला र आपसमा झगडा गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेर प्रशासनमा बुझाएको थियो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विष्णु खड्काका अनुसार दुवै जना सवारी चालक हुन् । गाडी चलाउने सिलसिला ताप्लेजुङ आएका हुन् । परीक्षण गराउँदा मापसे गरेको रिपोर्ट आएपछि जरिवाना गरेर छाडिएको खड्काले बताए ।