धरान  / इटहरी उपमहानगरले कोरोना भाइरसको संक्रमण रोकथाम र सचेतनाको लािग चासो देखाएको छ ।
आज उपमहानगरले पत्रकार सम्मेलन गरि इटहरी अस्पतालमा आजै देखि हेल्प डेक्स संचालनमा ल्याइएको उपमहानगरपािलकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन ।
उपमेयर गौतमका अनुसार वैठकले बिभिन्न सार्वजनिक ठाउँहरु,सरकारी गैरसरकारी संस्था कार्यालयहरु,शैक्षिक संस्थालगायतमा सावुन पानी हात धुने कर्नर स्थापना गर्ने र सन्देशमुलक बोर्ड राख्ने निर्णय गरेको छ । उपमहानगरले सामुदायिक बिद्यालयहरुमा सूचनामुलक वोर्ड र थर्मामिटर उपलब्ध गराउने भएको छ । विद्यालयका स्वास्थ्य शिक्षकहरुलाई तालिम दिएर विद्यार्थीहरुलाई सचेतना गराइने उपमेयर गौतमले जानकारी दिइन ।
उद्योग वाणिज्य संघ लगायतसँगको सहकार्यमा सरकारी स्वास्थ्य संस्थामा विरामीका लागि निशुल्क माक्स वितरण गर्ने भएको छ ।