नेपालीजनको प्रिय अनि अतिविशिष्ट यो चाड, होलीको शुभकामना । बाल बालिकाले पिच्कारी अनि साना साना बेलुनहरूका साथमा मज्जा लिन्छन्, फेरि पिच्कारी बजारमा किन्न पाउने मात्र नभई तराईतिर बाँस काटेर त्यसबाट बनाइएका पिच्कारीहरू अथवा प्रयोग गरिसकेका पुराना प्लास्टिकका बोतलबाट बनाइएका पिच्कारीहरू पनि हुन्छन्, वयस्कका लागि होली रङ्गहरू अनि भ्रातृत्व र साहसको पर्व हो । होली खुशीको पर्व हो ।

होली रङ्गहरूको पर्वमा तपाईंले सामान्य कुरामा ख्याल गर्नुभएन भने ठुलै स्वास्थ्य समस्या झेल्नु पर्छ । त्यसैले रमाइलो गर्ने क्रममा रङ्ग जथाभावी खेल्दा आँखाको दृष्टि गुम्न सक्छ । कानको जाली फुट्न सक्छ ।, एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छन् । होली पर्वमा लोला प्रहारले आँखा, कानलाई समस्यामा पार्न सक्छ । अझ फोहोर पानीले लोला हानियो भने त झन् अन्य थुप्रै समस्या निम्तिन सक्छन् ।

होलीमा उपयोग गरिने रङ्ग, अबिरमा प्रायः खतरनाक रसायन मिसाइएको हुन्छ । त्यसैले रङ्ग वा अबिर मुख, आँखा वा कानमा नपसोस् भनेर सचेत हुन जरुरी छ । होली खेलेपछि धेरैजसो व्यक्तिमा छाला पोल्ने वा छालाको रङ्ग परिवर्तन हुने वा छाला सुक्खा हुने समस्या देखिने हुन्छ । रङ्गहरूमा मिसाइएको विभिन्न रसायनले छालाको भित्री सतहलाई समेत क्षति पु¥याउने गर्दछ ।

होलीका रङ्गहरूमा वाइल कलर, केमिकल डाई तथा अन्य विषाक्त पदार्थ हुने भएकाले रङ्ग खेल्दा होस गर्नुपर्छ । यी रसायनहरू मानव स्वास्थ्यका लागि अति हानिकारक हुन्छन् । धेरैजसो रङ्गमा हेभी मेटल्स र विषाक्त पदार्थ हुन्छन् । रङ्गले आँखामा एलर्र्जी वा अस्थायी अन्धोपन निम्त्याउन सक्छ । छाला रोग पनि हुन सक्छ । चम्किलो रङ्ग क्यान्सरको कारक हुन सक्छ । अबिरमा एसबेस्टस र अभ्रखसमेत मिसाइन्छ । त्यसैले यो हानिकारक हुन्छ । अबिर खेलाउँदा दम वा छाला र आँखामा जलन र सङ्क्रमण हुन सक्छ । छाला चिलाउने वा पोल्ने, एक्जिमा देखिने हुन सक्छ । डन्डीफोर भएकाहरूलाई रासायनिक रङ्गले झन् समस्यामा पार्न सक्छ ।

–होली खेल्दा आँखामा रङ्ग जाने गरेका घटना सबैभन्दा बढी पाइन्छन् । यसले आँखा रातो हुने, पोल्ने, सुन्निने हुन सक्छ ।
–रङ्गले आँखाको कर्निया वा आँखाको सेतो भाग कन्जेक्टाइवालाई नोक्सान पुर्रुयाउँछ । यो सेतो भागमा रङ्गले गर्दा रातोपना र घाउ हुन सक्छ ।

कसरी बचाउने ?
होली खेल्नुअघि शरीरको धेरैजसो भाग छोपिने गरी लुगा लगाए रङ्ग र अबिरको दुष्प्रभावबाट जोगिन सकिन्छ । टोपी लगाउनुपर्छ । यस्तै, होली खेल्नुअघि शरीरभरि तेल वा मोइस्चराइजर लगाउनु राम्रो हुन्छ । यसरी रङ्ग छालाभित्र जान पाउँदैन । कपालमा तेल दल्नुपर्छ र नङ काटेर पालिस लगाउँदा पनि कुनै न कुनै नोक्सानीबाट बच्न सकिन्छ ।

आँखामा रङ्ग वा कुनै रसायन परे तुरुन्त सफा पानीले अर्थात् उमालेर चिसो पारेको खानेपानीले २० देखि ३० मिनेटसम्म धोइरहनुपर्छ । तर, आँखा विस्तारै धुनुपर्छ, जोडले पानी छ्याप्ने न गर्नु नै राम्रो हुन्छ । यदि तपाईंलाई होलीको ङ्गले कुनै न राम्रो असर परेमा भने डाक्टरसँग सल्लाह अवशय लिनुस् । होली पर्वको शुभकामना ।
(सिंह बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बालरोग बिशेषज्ञ, उप–प्राध्यापक हुन् ।)