मानिसको उमेर, उसले गर्ने काम, गर्भवती अवस्था अनि रोग लागेको भए या कुनै ठूलो दुर्घटनापछि शरीरमा लागेको चोट या घाउको प्रकृति हेरेर खाना खाने सल्लाह दिइन्छ । विशेष गरेर बढ्दो उमेरका केटाकेटी र टिनएज उमेरका हरेक मानिस र गर्भवतीलाई अरूको भन्दा अझ पोषिलो खानेकुराको आवश्यकता पर्छ । शरीरका हरेक अङ्गको विकासका साथै दिमागको पनि धेरै उपयोग हुने बेला हो युवा अवस्था र केटाकेटी । उनीहरूलाई पढाइको, करिअरको पनि दबाव रहने हुँदा दिमागलाई सक्रिया बनाउने र धेरै शक्ति दिने प्रकारका खाना खानुपर्छ । साथमा शरीरमा विभिन्न प्रकारका हर्मोन (रसराग) को पनि विकास यही उमेरमा हुने हुँदा भिटामीनको अरू धेरै आवश्यकता पर्छ ।
हामीले दैनिक सेवन गर्ने खानाका परिकारमै हाम्रो शरीरलाई चाहिने सबै प्रकारका पौष्टिक तŒव रहेका हुन्छन् । हामीले यसलाई वुझेर सही मात्रामा खाने हो भने अरू धेरै खर्च र बजारमा पाइने विभिन्न भिटामीनका बोतलको आवश्यकतै पर्दैन । बढ्दो उमेरमा खानैपर्ने खानेकुरामा आयोडिन पनि एक हो । आयोडिन विशेष गरेर आयोडिन युक्त नुनमा पाइन्छ । नुनमा मात्र भर परेर हुँदैन। हामीले खाने दैनिक खाद्य पदार्थमा प्रसस्त मात्रामा आयोडिन पाइन्छ । जस्तै गोलभेडा, पालक, अण्डा, आलु जस्ता विभिन्न खानेकुरामा आयोडिन पाइन्छ । आयोडिनको सहयोगमा हाम्रो घाँटीको अगाडि रहेको थाइराइड ग्रन्थीले राम्रोसँग थाइराइड हर्मोन उत्पादन गर्छ । जसले शरीरमा चाहिने आवश्यक शक्ति उत्पादन गर्न र वृद्धि विकासमा भूमिका खेल्छ ।
बढ्दो उमेरका मानिससलाई चाहिने अर्को आवश्यक तŒव हो चिल्लो(प्mयाट) युक्त खानेकुरा । यसले पनि शरीरमा रहेका अनेकन कोष तन्तु, अङ्गको विकास र आवश्यक शक्ति उत्पादनमा सहयोग गर्छ । खानमा थोरै घिउ, अण्डा, दही या दुध, शुद्ध तोरीको तेल, फलफुल, बदाम आदिको सेवन आनिवार्य हुन्छ । खानामा प्रोटिनको उत्तिकै आवश्यकता हुन्छ । यसले कोष विभाजन र शरीर वृद्धिमा मुख्य भूमिका खेल्छ । शरीरको बढ्ने उमेर र चाँडो घाउ भरिने माध्यम भनेकै प्रोटिन हो । यसको स्रोत भनेको पनि हामीले खाने खानेकुरा नै हो । जसमा दाल, गेडागुडी, दुध, दही माछामासु आदि पर्दछन् ।
यसरी नै तुरन्त शक्ति उत्पादन गर्ने कार्बोहाइड्रेटको मात्रा पनि अरू उमेर भन्दा ज्यादा चाहिन्छ बढ्दो उमेरकालाई । यसले थकान हटाउने, मस्तिष्कलाई सक्रिय बनाउने र पढ्न या खेल्नमा जाँगर चलाउने लगायतका धेरै काम गरिरहेको हुन्छ । कार्बोहाइड्रेट भनेको गाडीमा लगाइने इन्धन जस्तै भएकाले आवश्यक मात्रामा भात, रोटी, खाजा जसमा घरकै मकै, कोदो, फापर, आलु, तरुल, चामलका परिकार दिन सकिन्छ । यो उमेरमा बजारका खानेकुरा जस्तै फास्टफुड या पकेटका खानेकुरा खाने इच्छा धेरै हुन्छ । यसले मात्र शरीरलाई चाहिने कुरा नपुग्ने हुँदा यस्ता खानेकुराको भर पर्नु हँुदैन ।
यसरी नै बढ्दो शरीरको लागि आवश्यक अर्को तŒव हो जिंक । यसले नसा र ब्रेन सेल्सबीच सञ्चार सम्बन्ध कायम राख्नका लागि मुख्य भूमिका खेल्छ । केटकेटी या वढदो उमेरमा जिंक तŒवको कमी भयो भने बौद्धिक क्षमतामा कमी आउँछ । यसको पूर्ति गर्न बदाम, बिउ(गेडागुडी), तिल, अण्डा, माछा, मासुलगायतका खानेकुरा खान दिनुपर्छ । विभिन्न प्रकारका भिटामीनले बढ्दो शरीरको विकासमा धेरै भूमिका खेलिरहेको हुन्छ । बोसोमा घुल्ने र पानीमा घुल्ने गरेर भिटामीनको वर्गीकरण गरिएको हुन्छ । हरेक खाले भिटामीनको आवश्यक मत्रामा सेवन गर्नुपर्छ । यसको लागि घाममा बस्नु, घिउ खानु, दुध दही खानु, माछामासु या साकाहारीले विभिन्न प्रकारका फल र गेडागुडी खानु आवश्यक हुन्छ ।
शरीरमा रक्त सञ्चारको भूमिका धेरै महŒवपूर्ण हुन्छ । हामीले लिएको अक्सिजन फोक्सोबाट रगतकै माध्यम भएर हरेक कोषसम्म पुग्छ । कोषमा भएको खानेकुरा पनि रक्त सञ्चारकै माध्यमबाट कलेजोबाट हरेक कोषसम्म पुग्छ । त्यसैले हाम्रो शरीरमा दौडिने रगत स्वस्थ र पूर्ण हुनुपर्छ । शुद्ध र पूर्ण रगत हुनु भनेको हेमोग्लोविनको मात्रा सामान्य हुनु हो । यसको स्रोत भनेको आइरन अर्थात् फलाम हो । पुरुषमा १२ देखि १८ र महिलामा ११ देखि १६ हिमोग्लोविन सामान्य मानिन्छ । यदि यसको कमी भयो भने रक्तअल्पता हुन्छ । यदि कुनै कारण या रोगले उच्च विन्दुभन्दा माथि गयो भने पनि कुनै रोगको सङ्केत हुन्छ । तर, बढी हुने प्रतिशत धेरै कममा हुन्छ । रगतको कमी धेरै प्रतिशतमा हुन्छ ।
कमी भएमा काममा या पढ्नमा मन नलाग्ने, छिट्टै थकान लाग्ने, जस्ता शारीरिक समस्या देखा पर्छन् । मानसिक रूपमा हिमोग्लोविनको मुख्य स्रोत आइरनले डोपामाइनजस्तो महŒवपूर्ण हर्मोन रिलिज गर्छ । जसले दिमागलाई खुशी राख्ने काम गर्छ । त्यसैले आइरनको कमी हुनबाट बच्न खानेकुरामा र पानी पिउनमा ध्यान दिनुपर्छ । आइरन बढाउने खानेकुरा जस्तै हरियो सागपात, फलफुल, कोदो, फापर, गेडागुडी र सकेसम्म फलामको कराई या भाँडामा पकाएको खानेकुरा खानुपर्छ । सिल्भरको भाँडामा पकाएका खानेकुरा या लामो समयसम्म सिल्भरका भाँडामा राखेका खानेकुरा सकेसम्म खानुहँुदैन । यो स्लो प्वाइजन जस्तै हो । गाई या भैंसीको दुधमा आइरन धेरै नहुने हुँदा दुधमा मात्र भर पर्नु हुँदैन ।
माथि उल्लेख गरिएका खानेकुरा र विभिन्न आवश्यक तŒव सबै उमेर समूहलाई आवश्यक हुन्छ । यसमा पनि बढ्दो उमेर भएकालाई भने धेरै लाग्छ । यसरी नै ज्येष्ठ नागरिकलाई भने मस्तिष्कमा हुनसक्ने कमजोरी र सञ्कुचनबाट बच्न आवश्यक मात्रामा प्रोटिन, भिटामीन, खनिज र सान्त्वनाको आवश्यकता पर्छ । हतखुट्टा काम्ने, पोल्ने, बिर्संदै जाने, निन्द्रा कम लाग्ने, एक्लो महसुस गर्ने, जिउ सुक्खा हुने, चिलाउने, अपच, सास फुल्ने, उच्च रक्तचाप हुने, जोर्नी कमजोर हुने दुख्ने जस्ता अनेक समस्या आउन नदिन पोषिला खानेकुरा जस्तै थारै मात्रामा घिउ, दुध, दही फलफुल पानी आदि आवश्यक मात्रामा दिनुपर्छ । साथमा शरीर सुख्खा हुनबाट बच्न लोसन या तेल मालिस आवश्यक हुन्छ ।
यसका साथै मिठो बोली माया र साथ रहनु पनि उत्तिकै आवश्यक हुन्छ । बुढाबुढी अथवा ज्येष्ठ नागरिकमा हुन सक्ने विभिन्न समस्या र रोगलाई जिरियाट्रिक डिजिज भनिन्छ । यसमा रोगको सहि उपचार, पोसिलो खानपान र माया ममताको धेरै आवश्यकता पर्छ । बुढाबुढी र केटाकेटीको अवस्था उस्तै उस्तै हो । दुबैलाई राम्रो हेरविचारको आवश्कता पर्छ । त्यसैले उमेर र आवश्यकता अनुसारका खाना खाने बानी बसालौं र सधंै स्वस्थ रहौँ । घरबारी या करेसाबारीमा फल्ने सागपात, दालजन्य गेडागुडी गहुँ मकै कोदो फापर, दुधदही र कन्दमुल नै स्वास्थ राख्न सक्ने खानेकुरा हुन् ।