धरान / हालै मात्र मित्ररष्ट्र चिनबाट फैलिएर विश्वका ८० देशमा फैलिसकेको एक प्रकारको विषाणु(भाइरस)का कारण हुने स्वासप्रस्वास सम्बन्धी गम्भीर राोगले विश्व त्रसित भइरहेको अवस्था छ । हालसम्म नेपालमा आधिकारीक रुपमा यो रोगका विरामी नदेखिएका भए पनि हामी सबैले सचेत र सावधानी अपनाउनु पर्ने देखिन्छ ।

विशेष गरेर रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा यो रोगले धेरै सताउने र ज्यानै गइरहेको हामाीले देख्न र सुन्न पाइरहेका छौ । हाम्रो जस्तो पूर्वाधार कमजोर भएको देशमा कुनै पनि समयमा मानविय संकट देखापर्न सक्छ । यो कुरालाई ध्यानमा राख्दै नेपाल सरकारले पनि मानिसहरुको आवत जावत हुने स्थानमा स्वास्थ परिक्षण अनि विदेशी नागरिक र विदेशबाट आउने नेपाली नागरिकमा पनि अनिवार्य स्वास्थ परिक्षण र आइसोलेसन जस्ता व्यवस्थाहरु मिलाएको छ । सभा सम्मेलन आदिमा पनि रोक लगाएको छ । त्यसैले हामी सबैले सचेत हुनु आवश्यक छ ।

कसरी कोरना भाइरस सर्छ । यो भाइरस (केभिन १९)स्वास्थ मानिसमा सर्ने भनेको स्वास्प्रस्वासको माध्यमबाट हो । संक्रमित व्याक्तिले खोक्दा, हाच्छिउ गर्दा सिधै अर्को नजिकै रहेको व्याक्तिमा हावाको माध्यम भएर सर्ने गर्छ । यसरी नै संक्रमित व्याक्तिको शरीर विशेष गरेर हात, अनुहार, शरीरको खुल्ला भाग र कपडा अनि संक्रमित व्याक्तिले छोएको या खाएको जुठो खानेकुरा आदिबाट सर्ने हुँदा अपरिचित, या संकास्पद व्याक्तिको सम्पर्कमा आउँदा निम्न कुराहरुमा ख्याल राख्ने । परै बाट नमस्कार गर्ने । संक्रमित व्याक्ति हो भने मास्क अनिवार्य लगाउन सल्लाह दिने र आफूले पनि लगाउने । हात नमिलाउने । संक्रमित व्याक्तिले प्रयोग गरेका सामग्री या कपडा सफा साबुन पानीले धोएर मात्र प्रयोग गर्ने । सके सम्म सँगै नबस्ने र रोगीलाई बेग्लै बस्ने व्यवस्था गर्ने या अस्पतालमा राख्ने । गाउँमा या शहरमा कोही संकास्पद या संक्रमित व्यातिm देखिए सरकार या अस्पतालमा जानकारी गराउने । यो भाइरसले स्वासप्रस्वासमा असर गर्नेहुँदा जटिल प्रकारको निमोनिया हुन्छ । त्यसैले यो रोगबाट बच्नु नै । सबै भन्दा राम्रो उपाय हो । यसका मुख्य लक्षणहरुमा रुघा लाग्नु, खोकी चल्नु, स्वास फेर्न कठिन हुनु, उच्च ज्वरो आउँनु मुख्य हुन् ।

अन्त्यमा, कोरोना भाइरस गर्मी मौषममा कमजोर हुनेहुँदा हामीले अनावश्यक डराउनु हुँदैन । हालसम्म नेपालमा आधिकारीक रुपमा संक्रमित व्याक्ति देखिएको छैन । र सरकार पनि सजग भएको अवस्था छ । बरु हामीले पनि अनावश्यक र भ्रम फैलिने प्रकारका कुराहरु समाचारहरु फैलाउनु हुँदैन र फैलाउनेलाई पनि खबरदारी गर्नुपर्छ । रोगबाट बच्न स्वस्थ र पोषण युक्त खानेकुरा खानुपर्छ । झोलकुरा प्रसस्त खानुपर्छ । केटाकेटी बुढाबुढीलाई राम्रो रेखदेख र सफा सुगर राख्नु पर्छ । अनावश्यक नाक, मुख छुने, नाक कोट्याउने गर्नु हुँदैन । मुख सुक्खा राख्नु भन्दा थोरै थोरै पानी पिउनु पर्छ । ताकी मुखमा भएको विषाणु पेटमा पुगे हाम्रो पेटमा भएको आमिलो पनले मर्छन । सकारात्मक सोच र सचेतनाबाट महामारीका रुपमा फैलिएको यो रोग नियन्त्रणमा राख्न सकिन्छ । डा. लेखनाथ न्यौपाने दमक ।