ब्लाष्टखबर । धनकुटामा यात्रुवाहक बस दुर्घटना हुदाँ २४ जना यात्रु घाइते भएका छन् ।
धरानबाट तेह्रथुमकाे सुदाप तर्फ जादै गरेकाे को १ ख २८२४ नमम्बरकाे यात्रुवाहक बस दुर्घटना हुदाँ २३ जना यात्रु घाइते भएका हुन् । धनकुटाकाे सागुरीगढि गाउपाँलिका ६ कार्कीछापमा अनियन्त्रीत भइ सडकमा पल्टिएदा घाइते भएका यात्रुहरूकाे विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकालागी ल्याइएकाे छ ।
उपचारका लागी ल्याइएका घाइतेहरूमा पाख्रीबास गाउँपालिका ६ की ३० वर्षीय रमा सापकाेटाकाे टाउकाेमा रगत जमेकाे प्रतिष्ठानका प्रहरी इर्न्चाज दुर्गा पराजुलीले बताए । घाइतेहरू भने सामान्य अवस्थामा रहकाे पराजुलीले जानकारी दिएका छन् ।
बसकाे ब्रेक फेल भएले विपरीत दिशाबाट अाएकाे भ्यानलाइ बचाउन खाेज्दा दर्घटना भएकाे बताइएकाे छ । बसका चालक र सहचालक इलाका प्रहरी कार्यालय भेडेटाकाे नियन्त्रणमा रहकाे जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएकाे छ ।