धरान / भोजपुरका दुर्गम गाउँपालिका आमचोक र सिल्पासिलिचो गाउँपालिकामा १५ बेडको अस्पताल बन्ने भएको छ ।
स्वास्थ्यतथा जनसंख्या मन्त्रलायले आमचोककोे बालांखा स्वास्थ्य चौकी र साल्पासिलिचोको चौकी डाँडा स्वासथय चौकीलाई स्तरोन्नतीका लागि स्वीकृत गरेको आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राईले जानकारी दिए ।
यि स्वास्थ्य केन्द्रको स्तरोन्नती भए पछि यहाँ विशेषज्ञ चिकित्सक रहने व्यवस्था हुने छ । सरकारको एकस्थानीय तह एक अस्पताल निर्माणको नीति अनुसार अस्पताल निर्माण गर्न लागिएको हो । सुविधा सम्पन्नअस्पताल अभावमा यहाँका स्थानीयवासीहरुधरान, विराटनगर धाउनदैं आएका छन् ।