धरान । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना भाइरसको संक्रमणको आशङ्कामा भर्ना भई भागेका व्यक्ति धरानको रहेको खुलेको छ ।

वैदेशिक रोजगारी अन्तर्गत दक्षिण कोरियाबाट फर्किएका उनलाई कोरोनाको आशंकामा अस्पतालमा भर्ना गरिएको थियो । उनी धरान–१० विशालपथको रहेको खुलेको छ ।

उनी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनलाई प्रतिष्ठानको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।