कालाबन्जर/बराहक्षेत्र नगरपालिका खेलकुद विकास समितिको आयोजनामा चैत्र १ गते देखि शुरु हुने प्रतियोगिता स्थगित गरिएको छ । 
 
प्रथम बराहक्षेत्र मेयर कप खुल्ला राष्ट्रिय म्याराथन प्रतियोगिता  स्थगित गरिएको हो । कोरोना भाइरसको त्रासका कारण भिँडभाड तथा कार्यक्रमहरु नगर्नु नेपाल सरकारको आग्रह अनुसार खेलकुद तत्कालका लागि स्थगित गरिएको खेविसका संयोजक तथा वडा नं. ४ का अध्यक्ष आशाराम चौधरीले बताए । 
चौधरीले त्रासको वातावरण साम्य भएपछि अर्काे सुचना जारी गरि खेलकुद सञ्चालन गरिने जनाए ।  खेलकुदको मिति तय भएपछि विजेतालाई निम्न बमोजिमको नगद पुरस्कार प्रदान गरिने खेविसले जनाएको छ । 
 
राष्ट्रिय पुरस्कार तर्फ प्रथम हुनेलाई लाई ७५ हजार, दोस्रोलाई ५० हजार र तेस्रो हुनेलाई ३० हजार र ट्रफि प्रमाण पत्र प्रदान गरिने छ । भने उत्कृष्ट ७ लाई १०–१० हजारको दरले पुरस्कार प्रदान गरिनेछ ।  नगर स्तरीय पुरस्कार तर्फ प्रथम, दोस्रो र तेस्रो क्रमशः २५, १५ र १० हजारले प्रदान गरिनेछ र उत्कृष्ट ७ लाई ५ हजार प्रदान गरिनेछ । साथै विजेताहरुलाई ट्रफि र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । 
 
प्रतियोगितामा  सहभागि हरुलाई प्रवेश निःशुल्क गरिने आयोजकले जानकारी दिएको छ । खेलाडीहरुको दौड चक्रघट्टी महेन्द्र गेट बाट शुरु भइ बाङ्गे नडाहा, चतरा पुगी सोही रुटबाट फर्की महेन्द्र गेट सम्म आउने प्रावधान आयोजकले तय गरेको छ । 
 
भ्रमण बर्ष २०२० लाई सफल पार्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जानकारी एिको छ ।