ब्लाष्टखबर । कोरोना भाइरसको संक्रमण लागेको आशङ्कामा अस्पताल भर्ना भएका एक व्यक्ति भागेर बिराटनगर आएको अशंका गरीरएकाे छ ।
मंगलबार कोरियाबाट नेपाल फर्केका सुनसरी घर भएका एक व्यक्ति बुधबार अस्पतालबाट भागेर प्लेनमार्फत विराटनगर आएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ।
बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना भाइरसको संक्रमणको आशङ्कामा भर्ना गरीएका उनी बुधबार राती नै अस्पतालबाट फरार भएको प्रहरीले जनाएको छ। अस्पतालको उनलाइ आइसोलेसनमा राख्ने तयारी गरिरहदाँ अटेरी गरिरहेका बताइएकाे उनि बिहीबार बिहान प्लेनमार्फत विराटनगर गएको हुनसक्ने प्रहरीले आशङ्का गरेको हाे । थतापी उनि केराेना संक्रमीत भएकाे भन्ने पुष्ट भएकाे छैन ।