ब्लाष्टखबर ११० औं श्रमिक महिला दिवसको अवसरमा अखिल नेपाल महिला सङ्घले धरानमा कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकाे छ ।

धरान-७ को सहयोगमा शुरू भएकाे कार्यक्रमकाे उपमेयर मञ्जु भण्डारी सुवेदीले कोरोना भाइरसकोबारे जनकारी दिएर कार्यक्रमको उद्घाटन गरेकी थिइन् । उद्घाटनमा भण्डारीले आमसर्वसाधरणमा कोरोना भाइरसको डरत्रास बढिरहेकाे अवस्थामा यस्तो चेतनामुलक कार्यक्रम सबैको लागि निक्कै प्रभापकारी हुने बताएकी छन् ।

विश्वमा नै कोरोना भाइरस रोगको बारेमा जत-ततै समाचार आइरहेको कारण सबै मानिसहरुमा सचेत गराउने मुख्य उद्धेश्यले श्रमिक महिला दिवसको अवसरमा कोरोनाको प्रचारहरु बाँडदै घरदैलो गदै हिडेको अखिल महिला सघको सुनसरीकी कार्यवाहक अध्यक्ष बेनु काफ्लेले बताइन् । 

संघले प्रत्यक वर्ष विभिन्न कार्यक्रम गरेर मनाउदै आइरहेका श्रमिक महिला दिवसका अवसरमा यस वर्ष पनि विभिन्न क्षेत्रका श्रमिक महिलाहरूलाई सम्मान गर्ने कार्यक्रम रहेकाे भए पनि विश्वव्यापि रूपमै महामारीकाे रूपमा फैलिदै गरेकाे काेराेना भाइरसका कारण सभा सम्मेलन नगर्न सरकारकाे सुझाव अनुरूप घरदैलाेमा जनचेतनामुलक कर्यक्रम गरिएकाे काफ्लेले बताइन् । 

धरान-७ सुरू गरिएकाे उक्त जनचेतनामुलक कार्यक्रमलाई धरानका सम्पूर्ण वडाहरूमा पनि लगिने आयोजकले जनाएकाे छ । त्रासमा बसिरहकाे आम सर्वसाधारणमा जनहितका लागि गरिएकाे उक्त कर्यक्रममा काेराेना भाइरसकाे जानकारी तथा त्यसका लक्षण, संक्रमण र बच्ने उपाय उल्लेख गरिएकाे पर्चा पनि वितरण गरिएकाे थियाे । घरदैलोहरुमा  वडानम्बर ७ का वडा अध्यक्षसहित वडा सदस्यहरु समेत सहभागी भएका छन् ।