होली पर्वमा एक अर्कालाई अबिर र रङ्ग लगाउँदा वा पानी खेल्दा मानिस मानिसबीचको दूरी नजिक हुने हुँदा रुघोखोकी सर्ने सम्भावना धेरै हुन्छ । यस्तै, हाछ्यूँ गर्दा थुक उछिटेर अरु व्यक्तिमा पनि सर्ने खतरा हुने गर्छ । होलीमा धेरै पानी नखेल्न ,शरीर भिज्ने गरी होली खेल्नु हुदैंन । यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो ।
होली पर्व भभीडभाडमा साथीहरुसँग मनाउने पर्व भएकाले यस वर्षको पर्वलाई कोरोना भाइरसले प्रभावित बनाएको छ ।
चीनमा यतिबेला ‘कोरोना भाइरस’ले त्रासदी फैलाएको छ । यो भाइरस चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै धेरैतिर फैलिदैछ । अमेरिका, अष्ट्रेलिया,इटाली ,थाइल्यान्ड, दक्षिण कोरियासम्म फैलिएको छ । भाइरस फैलिएपछि विश्वभरकै विमानस्थलमा सावधानी अपनाउन थालिएको छ । नेपाल पनि उच्च जोखिममा छ । विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई उच्च जोखिममा राखेको छ । त्यसो भएकाले हामी नेपालीले संयम अपनाउनु बुद्धिमानी हुने छ ।
यसरी बचौं संक्रमणबाट
सङ्क्रमण फैलिनु अगावै सतकर्ता अपनाउन सके कोरोनाको संक्रमणलाई रोक्न सकिन्छ । भिडभाड, मानिसको बाक्लो उपस्थिति भएका ठाउँमा जानु हुदैन । भिडभाड, मानिसको बाक्लो उपस्थिति भएका ठाउँमा भिडभाड जस्तै– अस्पताल, सिनेमा घर, सार्वजनिक ठाउँ, सार्वजनिक यातयात, सपिङ मल आदिमा नजाने, यस्तै, अहिले कोरोनाको उच्च जोखिम रहेकाले सकेसम्म समूहमा नहिँड्न र समूहमा नबस्न गर्नु पर्छ । सरकारले पनि यस्तो सामुहिक गतिविधीमासंलगन नहुन निर्देशन जारी गरेको छ । (लेखक धरानस्थित वीपी प्रतिष्ठानका रोग विशेषज्ञ हुन ।)