उर्लाबारी/ स्थानीय निकायको निर्वाचन भएको अढाई वर्षपछि भारतको सिमावर्ती क्षेत्रमा रहेको दक्षिणी मोरङको रतुवामाई नगरपालिकाको कार्यालय निर्धारण अन्तिम अवस्थामा पुगेको छ ।
नेपाल सरकारले मुलुकभरि ७ सय ५३ स्थानीय निकाय गठन गर्दा तत्कालीन ईटहरा, सिजुवा, गोविन्दपुर, झुर्किया, महादेवा र बरडंगा गाविसलाई एकीकृत गरी रतुवामाई नगरपालिका घोषणा गरेपछि स्थानीय आ–आफनैै क्षेत्रमा नगरपालिकाको कार्यालय बनाउन माग गरेपछि र त्यहीँ भवन निर्माणका लागि माग बढेपछि नागरिकहरूको विमतिमा केन्द्र तोक्न नसकिएको नगर प्रमुख रविन राईले बताए ।
यसरी केन्द्र निर्धारण नभएका कारण नगरपालिका भवनसहितका भौतिक पूर्वाधार निर्माण नभएपछि भवन निर्माणका करौडांैै बजेट फ्रिज भएर गए । यिनै समस्याले पिरोल्दै गएपछि चालु नगरसभामा केन्द्र निर्धारण गर्ने विषयले प्रवेश पाएको र निर्धारण हुने पक्का भएको हो । फागुन १० गते शुरु भएर फागुन ३० गते समापन हुने छैटांै नगरसभामा प्रस्तावित हाल अस्थाई केन्द्र भएको स्थान सिजुवा सहित त्रिवेणी चौक, नया“ बजार, आमबाडी चौकमध्ये कुनै एक स्थानमा नगरपालिकाको केन्द्र सर्वसम्मत निर्धारण हुने बताउँदै नगरप्रमुख राईले नगरसभाको निर्णयलाई नगरबासीले आत्मसात् गर्ने विश्वास प्रकट गरेका छन् ।
सभामा पेश गरिएका केन्द्रसहित निर्माण पूरा भएको १५ शैयाको नगर अस्पताल, आगामी वर्ष निर्माण हुने बजेटका प्राथमिकताहरू र अति आवश्यक विभिन्न ऐन र कार्यविधि समेत पारित गराउने तयारी रहेको स्रोतले जनाएको छ । रतुवामाई नगरपालिका मोरङको विराटनगर महानगरपालिका पछिको भौगोलिक क्षेत्रफल धेरै ठूलो नगरपालिका हो । रतुवामाई नगरपालिका १ सय ४२.९ वर्ग किमी क्षेत्रफलमा फैलिएको नगरका प्रेस संयोजक प्रदीप पराजुलीले बताए ।