धरान/ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश २ मा पनि कमिटी विस्तारलाई तीव्रता दिएको छ ।

मञ्चसम्बद्ध सङ्घीय दलित शिल्पी मञ्च नेपालको कार्य समिति विस्तार गरेको छ । कार्यसमिति विस्तारको क्रममा दुई दिने राजनैतिक भेलासमेत गरेको छ । भेलाले प्रदेश २ को सप्तरीमा सङ्घीय दलित शिल्पी मञ्चको अध्यक्षमा शिव सदा चयन भए । नवगठित समितिको उपाध्यक्षमा दुर्गानन्द सदा, उपाध्यक्ष जितन सदा, सचिव प्रमोद सदा र अर्थ सचिव बर्मिलादेवी सदा चयन भए ।

यसैगरी सदस्यहरू राम सदा, बौराही सदा, सोहागदेवी सदा, जिरादेवी सदा, जसोधा चौधरी, बिजल सदा, फूलादेवी सदा, अड्लियादेवी सदा, कुसुम सदा, सजनीदेवी सदा, आर्मिकदेवी सदा, सङ्कीदेवी सदा, रामदेव सदा, मीनादेवी सदा, राजकुमारी यादव, शनिश्चर यादव, गीता सदा, विजय सदा र रामेश्वर सदा रहेका छन् ।

त्यस्तै इन्दुलाल सदाको संयोजकत्वमा ७ सदस्यीय उदयपुर जिल्ला तदर्थ समिति गठन गरेको छ । साथै महेश पालको संयोजकत्वमा १३ सदस्यीय सिरहा जिल्ला तदर्थ समितिसमेत गठन भएको हो । काठमाडौंमा आगामी वैशाख २७ र २८ गते सम्पन्न हुने शिल्पी मञ्चको केन्द्रीय भेलामा प्रत्येक जिल्लाबाट १० जनाको दरले प्रतिनिधित्व गराउने भएको छ ।

मञ्चका प्रदेश २ इञ्चार्ज चन्दु कन्दङ्वा (लाभास) को अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका अध्यक्ष कुमार लिङ्देन मिराक, वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, मञ्चका उपाध्यक्ष तथा प्रदेश १ सांसद् विष्णुमाया तुम्बाहाङ्फे, लिम्बुवान प्रान्तका प्रान्तीय उपाध्यक्ष एबी पन्धाक, महासचिव अशोक चेम्जोङ, उपमहासचिव दिलकुमार लावती, सचिव पूर्णकला तेयुङ, सङ्घीय दलित शिल्पी मञ्चका अध्यक्ष रमेश गजमेरलगायतको उपस्थिति रहेको थियो ।