धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यही फागुन २४ गते हुने दीक्षान्त समारोह स्थगन भएको छ । किनै लामो सयम पछि दुई महिना अघि सिनेट बैठकले गरेको निर्णय अनुसार फागुन २४ गते मिति तय गरि तयारी तिव्र पारिएको थियो ।
विश्वभरी कोरोना भाइरसको त्रास बढे पछि सरकारले सोमबार भेला, भोज, भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्न निर्देशन जारी गरे पछि स्थगन गरिएको हो ।
प्रतिष्ठानले सबै तयारी पुरा गरि सकेको थियो । मञ्च व्यवस्थापन, विद्यार्थी तयारी, अतिथि निमन्त्रणालगायतका काम गरि सकेको थियो । कोरोनाको त्रास अलिक कम भए पछि कार्यक्रम गर्ने गरि स्थगन गरिएको प्रतिष्ठानका कार्यवहाक उपकुलपति प्राडा गुरुप्रसाद खनालले जानकारी दिए ।