भद्रपुर /  नेपाली काँङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार संविधान विपरीत काम गरिरहेकोले त्यसको विरोधमा प्रतिपक्षसहित भातृसङ्गठन एक जुट भएर लाग्ने बताए । गृहजिल्ला झापा आएका नेता सिटौलाले सोमबार विहान भद्रपुरमा प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा यस्तो वताएका हुन् ।
सरकारले सत्तामा वसेर संविधान दुरुपयोग गरिरहेको प्रति गम्भिर ध्यान केन्द्रीत भएको सिटौलाको भनाई थियो । कुनै पार्टी र व्यक्तिका लागि संविधान संशोधन नहुने उनले बताए ।
दुई वर्षको अवधिमा सरकारले कुनै पनि दुरगामी हित गर्ने काम नगरेकोमा दुःख लागेको उनले बताए । सत्ताको लुछाचुडीमा सरकार लागि परेको उनको भनाइ छ । प्रेसको अधिकारलाई कुण्ठीत गर्न लागेको सरकारले अदालत, प्रहरी, प्रशासन संवैधानिक निकायलाई के गरिरहेको होला ? सजिलै अनुमान लगाउन सकिने उनले बताए । आफ्ना आलोचक तथा विरोधिलाई सफाय गर्ने अभियानमा कम्युनिष्ट सरकार लागिपरेको उनले आरोप लगाए । सत्तारुढ पार्टीले शुरुदेखी नै संविधानको गलत व्याख्या गर्दै आइरहेको उनले सुनाए ।
कम्युनिष्ट सरकारले गरेका संविधान विपरीत कार्य रोक्न नेपाली काङ्ग्रेसले जनमत लिएर जानु जरुरी रहेको उनले बताए । आन्तरिक प्रतिष्पर्धालाइ व्यवस्थित गर्दै आउँदो ७७ साल फागुनको महाधिवेशन र सरकारका गलत काम कारबाहीको विरुद्धमा पाटीभित्र एकजुट भएर जनमत निर्माण गर्ने अभियानमा जुट्न काङ्ग्रेसमा दुइवटा गहन जिम्मेवारी आइपरेको उनको भनाइ थियो । आगामी महाधिवेशन एक दिन पनि नसर्ने उल्लेख गर्दै आन्तरिक जति नै छलफल भएपनि प्रेसले सार्वजनिक गरेपछि मात्र दबाव हुने भएकोले प्रेसको तागत सवैभन्दा बढी रहेको उनको बुझाइ थियो । सरकारको गलत कामकारबाही र पार्टीको महाधिवेशन समयमा नै सम्पन्न गर्ने कुरामा प्रेस जगत लाग्न उनले अनुरोध गरेका थिए । उनले अर्को प्रशङ्गमा हाल काँङ्ग्रेस सभापति र रामचन्द्र पौडेलबिचको झगडा यो समय नभएको भन्दै मुलुक परिवर्तन भएपनि काँङ्ग्रेसको सोच परिवर्तन नभएकोमा दुःख लागेको उनले बताए । आन्तरिक कुरालाई सार्वजनिक रुपमा खैलावैला गर्नु जरुरी नभएको उनको भनाई थियो ।