धरान / नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका २२ वर्षीय रतन तिरुवा हुन । उनी पूर्व लडाकु हुन । जनयुद्धमा बुबा गुमाएका मुन तिरुवाका छोरा रहेको खुलेको छ । उनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

५७ मा राज्यबाट उनका बाबु मारिएको बताइएको छ । ममिन अध्ययन गरेका रतन हाल विप्लव माओवादीसँग आवद्ध भएको बताइएको छ । प्रचण्डलाई जुक्ता हान्ने कारण नखुले पनि जनयुद्धमा बुबा गुमाएको कारण आक्रोसित भएर प्रचण्डलाई आक्रमण गरेको हुने सक्न आसंका गरिएको छ ।  उनलाई पक्राउ गरि महानरीय प्रहरी वृत सिंहदरबारमा लगिएको छ ।