Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • विशेष
  • अमेरिकाद्वारा इरान, इटाली र दक्षिण कोरिया यात्रामा प्रतिबन्ध

अमेरिकाद्वारा इरान, इटाली र दक्षिण कोरिया यात्रामा प्रतिबन्ध    काेराेना असर

alt
  • फागुन १८, २०७६
  • रासस
 
वासिङ्टन /  संयुक्तराज्य अमेरिकाले आफ्ना नागरिकलाई कोरोना प्रभावित इरान, इटाली र दक्षिण कोरिया भ्रमण नगर्न आदेश दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै आयोजित पत्रकार सम्मेलनमा उपराष्ट्रपति माइक पेन्सले विगत १४ दिनभित्र इरान भ्रमण गरेका कुनै पनि विदेशी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध पनि लगाइने जानकारी दिए ।
यही शर्त इटाली र दक्षिण कोरियाका सम्बन्धमा पनि लागू हुनेछ । अमेरिकी स्वास्थ्य विभागले कोरोना सङ्क्रमित एक व्यक्तिको मृत्यु भएको घोषणा गरेलगत्तै अमेरिकाले नयाँ प्रतिबन्धहरु घोषणा गरेको हो । उपराष्ट्रपति पेन्सले इरानी नागरिकमाथि यात्रा प्रतिबन्ध पहिल्यैदेखि रहे पनि विगत १४ दिनयता इरान भ्रमण गरेका कुनै पनि विदेशीलाई अमेरिका प्रवेश गर्न नदिइने बताए । उनले इटाली र दक्षिण कोरियाका कोरोना प्रभावित इलाकाहरुमा भ्रमण नगर्न सल्लाह दिइएको पनि बताए ।
त्यस अवसरमा राष्ट्रपति ट्रम्पले संयुक्तराज्य अमेरिकामा २२ जनामा कोरोनाको सङ्क्रमण देखिएको जानकारी दिँदै पछिल्लो परिस्थितिको सामना गर्न अमेरिका तयार रहेको बताए । उनले कोरोनाभाइरसको खोप निर्माणका सन्दर्भमा कुराकानी गर्न अमेरिकाका विशिष्ट औषधि निर्माता कम्पनीहरुलाई छलफलका लागि आमन्त्रण गरेको जानकारी दिए । चीनको उहानबाट फैलिएको कोरोनाभाइरस बेलायत, सिंगापुर, इटाली, फ्रान्स, रसिया, स्पेन, इरान, भारत समेत विश्वका ४५ भन्दा बढी देशमा फैलिइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाको सङ्क्रमणलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालको रुपमा घोषणा गरेको छ । चिनियाँ स्वास्थ्य आयोगले शनिबार कम्तीमा ४७ जनाको मृत्यु भएको जनाएको छ । चीनमा मात्र हालसम्म दुई हजार ८३५ जनाको ज्यान गइसकेको छ ।
सम्बन्धित समाचार
हरकपुरमा जारी फुटबलमा कीर्तिपुर र शिवालय विजयी

धरान । मोरङको कानेपोखरी गाउँपालिकाको ३ नम्बर वडामा जारी दोस्रो संस्करणको पु ...

सुनसरीका एसपीको नम्बर ह्याक गरी पैसा माग्दै

धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ...

दिनेशको हत्या घटनाः रगतले पोतिएको त्यो साँझ

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगरको चौधरी परिवारमा शनिबार साँझ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
राजनीतिक अन्यौलतालाई दलहरूले सहज निकास नदिए अर्को सङ्कट आउन सक्छ: बौद्धिक वर्ग
बादल मडारिँदा किसान त्रासमा
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
जङ्गलमा कार लगेर चालकद्वारा आगजनी
‘मुन्धुम यक्’ पुग्ने मुन्धुम पदमार्ग
बैङ्किङ सेवाका प्रणालीगत कमजोरी सुधारौं
आजको राशिफलः २०८२ साल कात्तिक १४ गते शुक्रबार
बैङ्कका कारण मानसिक तनावमा ऋणी
अदालतको नक्कली कागजपत्र खडाः जागिरको सूचना आह्वान गरी ठगी धन्दा
यो बेला सोचेर सरकार अगाडि बढोस्
आजको राशिफलः २०८२ साल कात्तिक १३ गते बिहीबार
विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गरौँ
काठमा अनियमितताबारे अख्तियारलाई ध्यानाकर्षण
स्वास्थ्य सामग्री चोरी
झापामा एक सातामा १८ जना हराए, १० जना अझै सम्पर्कविहीन
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved