Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • विशेष
  • अमेरिकाद्वारा इरान, इटाली र दक्षिण कोरिया यात्रामा प्रतिबन्ध

अमेरिकाद्वारा इरान, इटाली र दक्षिण कोरिया यात्रामा प्रतिबन्ध    काेराेना असर

alt
  • फागुन १८, २०७६
  • रासस
 
वासिङ्टन /  संयुक्तराज्य अमेरिकाले आफ्ना नागरिकलाई कोरोना प्रभावित इरान, इटाली र दक्षिण कोरिया भ्रमण नगर्न आदेश दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै आयोजित पत्रकार सम्मेलनमा उपराष्ट्रपति माइक पेन्सले विगत १४ दिनभित्र इरान भ्रमण गरेका कुनै पनि विदेशी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध पनि लगाइने जानकारी दिए ।
यही शर्त इटाली र दक्षिण कोरियाका सम्बन्धमा पनि लागू हुनेछ । अमेरिकी स्वास्थ्य विभागले कोरोना सङ्क्रमित एक व्यक्तिको मृत्यु भएको घोषणा गरेलगत्तै अमेरिकाले नयाँ प्रतिबन्धहरु घोषणा गरेको हो । उपराष्ट्रपति पेन्सले इरानी नागरिकमाथि यात्रा प्रतिबन्ध पहिल्यैदेखि रहे पनि विगत १४ दिनयता इरान भ्रमण गरेका कुनै पनि विदेशीलाई अमेरिका प्रवेश गर्न नदिइने बताए । उनले इटाली र दक्षिण कोरियाका कोरोना प्रभावित इलाकाहरुमा भ्रमण नगर्न सल्लाह दिइएको पनि बताए ।
त्यस अवसरमा राष्ट्रपति ट्रम्पले संयुक्तराज्य अमेरिकामा २२ जनामा कोरोनाको सङ्क्रमण देखिएको जानकारी दिँदै पछिल्लो परिस्थितिको सामना गर्न अमेरिका तयार रहेको बताए । उनले कोरोनाभाइरसको खोप निर्माणका सन्दर्भमा कुराकानी गर्न अमेरिकाका विशिष्ट औषधि निर्माता कम्पनीहरुलाई छलफलका लागि आमन्त्रण गरेको जानकारी दिए । चीनको उहानबाट फैलिएको कोरोनाभाइरस बेलायत, सिंगापुर, इटाली, फ्रान्स, रसिया, स्पेन, इरान, भारत समेत विश्वका ४५ भन्दा बढी देशमा फैलिइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाको सङ्क्रमणलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालको रुपमा घोषणा गरेको छ । चिनियाँ स्वास्थ्य आयोगले शनिबार कम्तीमा ४७ जनाको मृत्यु भएको जनाएको छ । चीनमा मात्र हालसम्म दुई हजार ८३५ जनाको ज्यान गइसकेको छ ।
सम्बन्धित समाचार
अकबरे खुर्सानी रोप्न व्यस्त किसान

विजयपुर । भोजपुरका किसान अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन् । यो ...

आजको राशिफलः २०८२ साल फागुन ३० गते शनिबार

श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल फागुन ३० गते शनिबार, १ ...

पाँचथरमा खानेपानी संकटः बस्ती छाड्न बाध्य स्थानीय

विजयपुर । पाँचथरको लखुवा–मौवा सडकको दायाँतर्फ आङ्ना गाविसका पूर्वअध्यक्ष सु ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
अकबरे खुर्सानी रोप्न व्यस्त किसान
आजको राशिफलः २०८२ साल फागुन ३० गते शनिबार
पाँचथरमा खानेपानी संकटः बस्ती छाड्न बाध्य स्थानीय
अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार
बलात्कार र हत्याका विरुद्ध धरानमा प्रदर्शन
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्नुः मानव अधिकार आयोग
उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन
वायु प्रदूषणः डब्लुएचओ मापदण्डभन्दा आठ गुणा बढी
जलमार्ग सञ्चालनले हतुवागढी–तराई आवागमन सहज
साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने अध्यक्ष राईको चेतावनी
अतर्राष्ट्रिय नारी दिवसमा छात्रालाई सेनिटरी प्याड
सुर्खेतमा किशोरीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न माग
प्रतिनिधिसभा निर्वाचनः आफ्नै वडामा ठूला दल ‘अलोकप्रिय’
मौन अवधिमा किन भेटे अमेरिकाका वाणिज्य दूतले ?
ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved