ब्लाष्टखबर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथिराष्ट्रियसभामा जुत्ता प्रहार भएको छ । भरतमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रचण्ड प्रमुख अतिथिका रुपमा राष्ट्रिय सभागृह पुगेका उनिमाथी जुत्ता प्रहार भएको हाे । प्रचण्डले आफ्ना कुरा राखेर पोडियमबाट फर्कंदै गर्दा उनलाई लक्षित गर्दै जुत्ता प्रहार भएको थियाे।

दर्शक बस्ने ठाउँबाट जुत्ता प्रहार भएपछि मञ्चमा रहेका सुरक्षाकर्मीहरू दौडेर ती व्यक्तिलाई पक्रन गएको भिडिओमा देखिन्छ। जुत्ता प्रहार र गरीएपनि जुत्ता भने मञ्चसम्म आइपुगेन । उनलाई मञ्चमै जुत्ता प्रहार गरिएपछि स्थिति तनावग्रस्त बनेको थियो । 

जुत्ता प्रहार युवककाे परिचय खुलेकाे छैन । प्रहरीका अनुसार उनी सुस्त मनस्थितिकोजस्तो क्रियाकलाप गरीरहेका छन् ।  उनलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ।

विगतमा पनि प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो । दश वर्षे जनयुद्धबाट राजनीतिक मूलधारमा आएर प्रचण्ड दुईपटक प्रधानमन्त्री भइसकेका छन् ।