धरान । प्रधानमन्त्री केपी शर्मा ओलीको १२ वर्षपछि फेरि मिर्गौला प्रत्यारोपण गरिने भएको छ ।

प्रम ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको हो । प्रम ओलीको त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोपण गरिने भएको छ । प्रत्यारोपणका लागि उनी भोलि नै अस्पतालमा भर्ना हुने तयारी रहेको छ ।

सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा प्रम ओलीले आफ्नो उपचारबारे जानकारी गराएक थिए । ओली नेकपाका अध्यक्षसमेत हुन् । सचिवालयको बैठक आइतबार बिहान बसेको थियो । उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो । यसअघि २०६३ सालमा प्रत्यारोपण गरिएको थियो ।