धरान/ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान मञ्च नेपाल सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका–४ वडासमिति, सङ्घीय महिला मञ्चको वडा नं. ४ वडा समिति र सङ्घीय युवा मञ्च युवा समिति गठन भएको छ ।

मञ्चका वराहक्षेत्र नगर समितिका अध्यक्ष इन्द्रबहादुर नेम्वाङको अध्यक्षतामा भएको भेलाले शनिबार तीन कमिटी गठन गरेको हो ।

सुनसरी जिल्ला अध्यक्ष अमर इजम लिम्बूको प्रमुख आतिथ्य तथा सुनसरी जिल्ला क्षेत्र नं. ४ इञ्चार्ज मिजोत्लुङ लिम्बू, सुनसरी जिल्लाका वरिष्ठ उपाध्यक्ष पदम खेवाङ, जिल्ला उपाध्यक्ष तथा सुनसरी जिल्ला महिला इञ्चार्ज दिलु सुब्बा, सुनसरी जिल्ला अर्थ प्रमुख मित्र पतङ्वा, जिल्ला सचिवालय सदस्य बुद्ध लिम्बू, धरान नगर महिला मञ्चका नगर उपाध्यक्ष गङ्गा राई, धरान नगर महिला मञ्चका सचिव सरिता लिम्बूको उपस्थिति थियो । जिल्ला अध्यक्ष इजमले पार्टीको दर्शन, गतिविधि, साथै राज्यको समसामयिक राजनीतिक समस्याको बारेमा स्पष्ट पारेका थिए । कार्यक्रम अर्थ प्रमुख मित्र पतङ्वाले सञ्चालन गरेका थिए ।

१५ सदस्यीय वडा समितिमा अध्यक्ष सुशील सहनी, उपाध्यक्ष कर्णबहादुर आचार्य, सचिव कृष्ण थापा, सह–सचिव आइतलाल सरदार, अर्थ सचिव सरस्वती राई र सदस्यहरू अनिल सहनी, सुजन परियार, विशाल चांैलागाईं, रमेश परियार, गङ्गा कार्की, सुरज परियार, मङ्गली थारुनी, चन्द्रकुमारी राई, गोविन्द नेपाली र सोभियत बस्नेत चयन भएका छन् ।

त्यसैगरी १५ सदस्यीय सङ्घीय वडा महिला मञ्चमा अध्यक्ष सरस्वती राई, उपाध्यक्ष जितिनी सरदार, सचिव तारा देवी थापा, सह–सचिव गङ्गा कार्की, अर्थ सचिव रञ्जस सदा, सदस्य अरुण सदा, गीता मल्लिक, कृष्ण सदा, जया सहनी, कान्छी सदा, लगनी चौधरी, रामवती सदा, लरी चौधरी, सिगया देवी सहनी र उमिया ऋषिदेव र १५ वडासदस्य सङ्घीय युवा मञ्चमा अध्यक्ष महेश चौधरी, उपाध्यक्ष भरत राई, सचिव केशव राई, सह–सचिव विव्रmम राई, अर्थ सचिव प्रकाश मगर र सदस्यहरू सरोज सदा, सुरज सदा, दीपेन राई, मुकेस थापा, सञ्जीव सदा, विमल थापा, उदय चौधरी, नरेश चौधरी, डुकिउ चौधरी, रोहित सदा, जनम चौधरी, शिवा चौधरी, हनिस धामी, राजेश धामी, श्यामनारायण चौधरी, रोहित चौधरी, गणेश सदा, अजय चौधरी र रन्ती सदा चयन भएका छन् ।