Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • चीनमा कोरोनाभाइरस नयाँ सङ्क्रमणको सङ्ख्या घट्दो

चीनमा कोरोनाभाइरस नयाँ सङ्क्रमणको सङ्ख्या घट्दो

alt तस्बिर गुगल
  • फागुन १८, २०७६
  • रासस
 
 
कोरोनाभाइरस नियन्त्रण का लागि चीनले गरेका अनेकौँ प्रयासपछि यसको उद्गमस्थल मानिएको चीनमा सङ्क्रम क्रमशः कम हुँदै गएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगद्वारा सार्वजनिक तथ्याङ्कले देखाएको छ ।
केही दिन पहिले चीनमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सयौँ रहेकोमा विगत एक दुई दिन यता यो सङ्ख्या ५० भन्दा कममा झरेको छ भने नयाँ सङ्क्रमित विरामी आउने क्रम पनि ह्वात्तै घटेको छ । जटिल सङ्कटका रूपमा देखिएको नयाँ भाइरसका कारण शनिबारसम्ममा चीनमा दुई हजार ८३५ व्यक्तिको मृत्यु भएको छ भने ७९ हजार २५१ जनालाई सङ्क्रमण पुष्टि भएको छ । यद्यपि मृतक र सङ्क्रमित सङ्ख्यामा हङकङ र मकाउको तथ्याङ्क जोडिएको छैन ।
चीनका विभिन्न ३१ प्रान्तका खासगरी शहरहरूमा सङ्क्रमणको समस्या बढी देखिएको आयोगले बताएको छ । चीनमा सङ्क्रमितमध्ये अहिलेसम्म ३९ हजार दुई व्यक्ति उपचारपछि घर फर्किएका छन् । अहिले सङ्क्रमित ३७ हजार ४१४ जनाले उपचार सेवा लिइरहेका छन् भने त्यसमध्ये अझै सात हजार ६६४ जनामा सङ्क्रमणका कारण गम्भीर स्वास्थ्य समस्या देखिएको आयोगले जनाएको छ । दक्षिण कोरियामा चीनपछि कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अत्यधिक रहेको छ ।
दक्षिण कोरियाले शुक्रबार एकै दिनमा कोरोनाभाइरस संक्रमणको सबैभन्दा ठूलो वृद्धि रेकर्ड गरेको छ । शुक्रवार एकै दिनमा दक्षिण कोरियामा थप सङ्क्रमितको सङ्ख्या ५९४ पुष्टि भएसँगै यहाँ सङ्क्रमितको सङ्ख्या दुई हजार ९३१ पुगेको भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथाम (केसीडीसी)का लागि कोरियाली केन्द्रका अधिकारीहरूले बताएका छन् । इरानमा बिहीवार रातीसम्म कम्तीमा २१० जनाको मृत्यु भएको बताइएको छ जुन सरकारले पुष्टि गरेभन्दा छ गुणा बढी हो । बेलारुस, लिथुआनिया, नेदरल्यान्ड्स, न्यूजील्यान्ड र नाइजेरियामा पहिलोपटक सङ्क्रमण देखिएको छ ।
सम्बन्धित समाचार
दुव्र्यसनबाट बचाउन सीमाका विद्यालयमा एपीएफको कक्षा

इनरुवा । सीमा क्षेत्रका बालबालिकालाई दुव्र्यसनबाट जोगाउँदै जिम्मेवार नागरिक ...

जिल्ला फुटबलको उपाधि ज्वालामुखी र प्रभातलाई

धरान । सुनसरी जिल्ला फुटबल सङ्घको आयोजनामा आइतबार सम्पन्न फाइनलमा छात्रातर् ...

बाल सुधार गृहमा आतङ्क मच्चाउने ६० जनालाई सारिँदै

विराटनगर । पटक–पटक झडप र आतङ्क मच्चाउने, समूह बनाएर भाग्ने र सुधार गृहको वा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
दुव्र्यसनबाट बचाउन सीमाका विद्यालयमा एपीएफको कक्षा
जिल्ला फुटबलको उपाधि ज्वालामुखी र प्रभातलाई
बाल सुधार गृहमा आतङ्क मच्चाउने ६० जनालाई सारिँदै
एजेन्टकै मिलेमतोमा साढे ६ लाख राजस्व छली
कुटपिटबाट मृत्युपछि सञ्चालकसहित नौ पक्राउ
इटहरीमा ‘नामी भिगो’ कार सार्वजनिक
कटहरी रेलमार्गमा नयाँ आशा
आजको राशिफलः २०८२ साल कात्तिक २४ गते सोमबार
कटहरीमा रेलमार्गको अन्तिम स्टेशन निर्माणले गति लियो
२५७ केजी गाँजा बरामद
पूर्वमन्त्री अफताव आलमको निधन
आजको राशिफलः २०८२ साल कात्तिक २३ गते आइतबार
बिदा स्वीकृत नभएका बीपीका शिक्षकहरू धमाधम बर्खास्त
६ वर्षमा २७ प्रतिशत काम
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved