कोरिया / दक्षिण कोरियाले शुक्रवार ५९४ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि गरेको छ। यो दक्षिण कोरियामा एकैदिन भएको सबैभन्दा ठूलो सङ्ख्याको सङ्क्रमण हो । कोरिया सेन्टर्स फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सनका अनुसार दक्षिण कोरियामा २,९३१ जना कोभिड(१९ का बिरामी छन्।

अहिलसम्म त्यहाँ १६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ। चीनबाहिर सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमण भएको देश दक्षिण कोरिया हो ।

दक्षिण कोरियामा के भइरहेको छ
दक्षिण कोरियाका प्रायस्जसो सङ्क्रमितहरू दक्षिण(पूर्वी डाएगु सहरमा रहेका छन्। सिन्चोञ्जी चर्च नामक समूहको सदस्यहरूले एकअर्कामा सारेपछि त्यहाँ कोरोनाभाइरस सङ्क्रमण फैलिएको बताइन्छ।

एकजना ६१ वर्षीय सदस्यलाई गतसाता सङ्क्रमण भएको पुष्टि भएको थियो र उनलाई सङ्क्रमितमध्येको पहिलो मानेर कोरियाली स्वास्थ्य अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।

ती महिलाले सुरुमा अस्पताल जन अस्वीकार गरेकी र कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि हुनु अगाडि चर्चका केही प्रार्थनाहरूमा सहभागी भएको बताइएको छ। उक्त चर्चले भने आफूलाई आरोप लगाएर अन्याय गरिएको बताएको छ।

अन्त के भइरहेको छ ? 
-५० भन्दा बढी देशमा कोरोनाभाइरस सङ्क्रमण फैलिएको छ । 

-अहिलेसम्म ८३,६५० जनालाई सङ्क्रमण भएको छ र २,७९१ जनाको मृत्यु भएको छ
-बेलारुस, लिथुआनिया, नेदरल्यान्ड्स, न्यूजील्यान्ड र नाइजेरियामा पहिलोपटक सङ्क्रमण देखिएको छ
-जापानको समुद्र किनारमा भएको डायमन्ड प्रिन्स नामक जहाजमा सवार एक ब्रिटिश यात्रुको मृत्यु भएको छ
-संसारभरका ठूला शेअर बजारहरू ओरालो लागेको छ
-इरानमा बिहीवार रातीसम्म कम्तीमा २१० जनाको मृत्यु भएको बताइएको छ जुन सरकारले पुष्टि गरेभन्दा छ गुणा बढी हो