इटहरी / राष्टिूय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मपरिवर्तन गराउने खेलमा सरकारसम्म लागेको आरोप लगाएका छन् ।
उनले देशमा धर्मको खेती गर्नेहरु बढेको बताए । अहिलेको सरकारमा राजा, धर्म, जनता कोहि संग पनि नडराउने सरकार छ, त्यसकारण अहिले मनपरी चलिरहेको छ उनले भने । मिडिया नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले एक अर्को प्रशंगमा इटहरीका रामकुमार सुब्बा पटक पटक मन्त्री हुन नपाए पछि पाटी छोडेको आरोप लगाए ।

अध्यक्ष थापाले सुब्बा मन्त्री हुुन नपाएकै कारण पार्टी छाडेको ठोकुवा समेत गरे । पार्टीमा रहदा पनि सुब्बाले पार्टीको हित बिपरित काम गरेको आरोप लगाएका थिए । बेला बेला आर्थिक मुद्धामा समेत विवादित भएको भन्दै उनले सुब्बाको मन्त्री मोह भएको जिकिर गरे ।