भोजपुर । जिल्ला अस्पताल भोजपुरमा शल्यक्रियाबाट हुदै आएको प्रशुती सेवा पुन सञ्चालनमा आएको छ । गत श्रावण महिना देखि बन्द भएको शल्यक्रिया विहिवार देखि पुन सञ्चालनमा आएको हो ।
अस्पतालमा एमडीजीपी डाक्टर अमितेराज पाण्डे आए पछि शल्यक्रियाबाट गरिने प्रशुती सेवा फेरी सुचारु भएको अस्पतालले जनाएको छ ।

डाक्टर पाण्डे सहितको स्वास्थ्यकर्मीको टोलीले प्रशुती सेवा दिईरहेको अस्पतालकी प्रमुख डाक्टर पबित्रा श्रेष्ठले बताईन । शल्यक्रिया पुन शुरु भए पछि धरान , विराटनगर , काठमांडौ लगाएतका अस्पतालहरुमा प्रशुती गर्ने महिलाहरुको जिल्ला अस्पतालमै शल्यक्रिया भैरहेको डाक्टर श्रेष्ठले जानकारी दिईन । जिल्ला अस्पतालमा महिनामा ७ जना सम्मको शल्यक्रिया बाट प्रशुती हुने गरेको छ । जनशतिm अभावका कारण पटक पटक बन्द हुदै आएको प्रशुती सेवा पुन सञ्चालनमा आए संगै जिल्लाबासी खुसी भएका छन ।