धनकुटा / नेपालका लागि जापानी राजदुत साइगो मासामिचीले नेपालको विकट गाउँका जनताका लागि स्वास्थ्य क्षेत्रमा जापान सरकारले निरन्तर सहयोग रहने बताए ।
विहिबार जिल्ला अस्पताल धनकुटामा अक्सिजनप्लाण्ट हस्तान्तरण गदैं राजदुत मासामिचिले जापान सरकारले विभिन्न क्षेत्रमा सहयोग गर्दै नेपाल जापान सम्बन्ध थप सुमधुर भएको बताए । उनले जिल्ला अस्पताल धनकुटाको गुणस्तर वृद्धि गर्न जापान सरकारले निरन्तर सहयोग गर्ने वताए । अक्सिजन प्लाण्ट संघिय सांसद राजेन्द्र राईको प्रुमख आतित्थ्यमा सम्पन्न भएको हो । प्लाण्टको संघिय सांसद राजेन्द्र राईले रिवन काटेर समुद्धघाटन गरेका छन् ।
सूर्यबहादुर फाउण्डेसनको आग्रह र पहलमा जिल्ला अस्पताल धनकुटालाई जापानी राजदुतावासले अनुदानमा अक्सिजन प्लान्ट निर्माण गरी हस्तान्तरण गरिदिएको हो । राजदुत मासामिचीले भने जापान सरकारको सानो सहयोग रहेको कोशी पहाडका दमखोखी, निमोनिया लगाएत धेरै बिरामीलाई राहत पुगोस भनेर जिल्ला अस्पताल धनकुटा र पूर्व उद्योगमन्त्री सूनिलबहादु थापाको अनुरोधमा सो प्लान्ट निर्माण गरेको बताए । सो प्लाण्टबाट ५० बेडको शैयाका विरामीका लागि अक्सिजन वितरण गर्न सकिने जिल्ला अस्पताल धनकुटाका निमिक्त मेडिकल सुपरीटेण्डेन्ट पुजन विश्वकर्माले बताए ।
जापानी राजदुत साइगो मासामिचीले जिल्ला अस्पताल धनकुटाका प्रमुख पुजन विश्वकर्मालाई प्लाण्ट हस्तान्तरण गरेका थिए । जापान सरकारको ९६ लाख ६२ हजार १ सय १३८ रुपैयाँको लागतमा निर्माण गरिएको विश्वकर्माले बताए । जिल्ला समन्वय प्रमुख एवं जिल्ला अस्पताल धनकुटा अध्यक्ष टंक चुहानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश सांसद निरन राई, पुर्व उधोग तथा आपुर्ति मनत्री सुनिलवहादुर थापा, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, छथरजोरपाटी गाउँपालिकाका प्रमुख शेरवहादुर लिम्वु लगायतको उपस्थिति रहेको थियो ।
अक्सिजन प्लाण्ट हस्तान्तरण कार्यक्रम पछि जापानी राजदुत मासामिचीले पुर्वको सवै भन्दा ठूलो मानिएको रामप्रसाद आँखा अस्पताल धनकुटाको समेत अवलोकन गरेका थिए । १५ शैयाको स्वीकृत जिल्ला अस्पताल धनकुटामा हाल ३५ शैया सञ्चालनमा रहेको छ । कुल ५ विषेशज्ञ चिकित्सकको दरबन्दिमा ३ जना करारका चिकित्सकले अस्पताल सञ्चालनमा ल्याएका छन् । धनकुटा, भोजपूर, शंखुवासभा र तेह्थुम लगाएत कोशि पहाडका विभिन्न जिल्लाका जनतालाई सुविधा हुने जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरीटेण्डेन पुजन विश्वकर्माले सो अवसरमा जानकारी दिएका छन् ।