धरान / प्रयाप्त जनशक्ति र श्रोत साधनको अभावले समस्या झेल्दैं आएको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुती विभागमा फेरी अर्को लफडा भएको छ । प्रसुती गराउन ल्याइएकी इटहरीकी एक गर्भवती महिला र बच्चा दुवैको मृत्यु भए पछि लफडा शुरु भएको हो ।

आमा र बच्चाको मृत्यु भएपछि मृतकका आफन्तहरु आक्रोशित भएका छन् । उनीहरुले उपचारमा लापरवाही भएर आमा र बच्चा दुवैको मृत्यु भएको आरोप उनीहरुको आरोप छ । मृत बच्चालाइ  निकाल्ने क्रममा आमाकाे मृत्यु भएकाे बताइएकाे छ । 

इटहरीकी २५ बर्षीय गर्भवती लक्ष्मी बुढाथोकी थापा र पेट भित्र रहेको शिशिुको मृत्यु भएको थियो । उनलाई प्रतिष्ठानमा गत मंगलबार भर्ना गरिएको विमारीका आफन्तहरुले बताएका छन् । हिजो राती दुवैको मृत्यु भएको बताइएको छ ।
घट्ना पछि मृतकका आफन्त आक्रोसित बनेका छन् ।  पीडित पक्ष र अस्पताल प्रशासन विच छलफल थालिएकाे अस्पताल प्रशासनले जनाएको छ ।