धरान/ ब्रिटीश गोर्खा सैनिकबाट तीन महिनामै नेपाल फर्काइएका प्रभुराम राईले गोर्खा वेल्फेयर ट्रष्ट नेपालको सहयोगमा नयाँ घर, जग्गा र पेन्सन पाएपछि अहिले दङ्ग छन् ।

ब्रिटीश गोर्खा सैनिक सेवामा लागे पनि तीन महिना नपुग्दै फालिएका उनी त्यहीँबाट जीवनको दुःख शुरु भएको थियो । २०३६ सालमा ब्रिटीश गोर्खा सैनिकमा भर्ता लागेका प्रभुराम पल्टनमा ब्रुनाईमा स्वीमिङको तालिमको क्रममा कान नसुन्ने स्वास्थ्य समस्या देखा परे पछि हङकङमा उपचार गराए पनि निको नभए पछि उनी नेपाल फर्किएका थिए । लाहुरे बन्ने सपना स्वास्थ्यको कारण असफल भए पछि जीवनमा दुखको दिन शुरु भएको प्रभुरामले बताए । उनले भने म तीन महिना मात्रै पल्टनमा रहे ।

त्यसपछि केही समय नेपाल आएर कोइलाखादमा ३ वर्ष काम गरे । त्यहाँ पनि काम गर्ने निक्कै गाह्रो भयो । काम छोडेर आफ्नै पुर्खाली घर खोटाङमा नै बसे आफूसँग भएको पुर्खाली केही सम्पति पनि सके पछि घरको जीविका चलाउन ज्याला मजुदुरीमा काम समेत गरे । दुई छोरा एउटा छोरी र श्रीमती गरी ५ जनाको परिवारको गुुजार चलाउन सहज थिएन त्यसैले दाजुको घरमा बस्दै आएको प्रभुराम राईले बताउँदै भने, ‘आफूसँग केही नभए पछि छोराछोरीले समेत साथ छोडेर गएका छन् । अहिले म र मेरी श्रीमती मात्रै छौं ।

घरको आर्थिक अवस्था कमजोर र घरविहीन भएका कारण नै छोराछोरीले साथ नदिएको खोटाङको खोट्टेहाङ गाउँपालिका ४ का ५८ वर्षीय प्रभुराम राई बताउँछन् । उनले भने जीवनमा धेरै दुःखका दिनहरू बिताउनु प¥यो । जग्गा किन्ने घर बजाउने आफ्नो हैसियत थिएन । खान लाउन नै धौ धौ भएको बताउँदै भन्छन् गाउँका मानिसहरूले पेन्शन थाप्पेको देखेर आफूले पनि पेन्शन पाउँछु कि भन्ने आशाले धेरै पटक खोटाङको वेल्फेयर अफिस धाएँ तर कहिले पेन्शन पाइँन ।

न्याय पाउने आशामा प्रत्येक पटक नयाँ वेल्फेयर अफिसर सरmवा हुने बितिकै भेटन जाने गर्थेै अनि आफ्नो समस्या सुनाउँथे तर वेल्फेयर अफिसरहरूले सहयोग गरेनन् । थोरै महिना काम गरेकाले पेन्शन पाउँदैनद भन्दै न्यायको लागि कुनै पनि वल्फेयर अफिसरले सहयोग नगरेको गुनासो समेत सुनाए । धेरै वर्षपछि धरानको सिनियर वेल्फेयर अफिसर क्याप्टेन पूर्ण लिम्बू साहेबलाई भेटे पछि भने आफूले केही सहयोग पाउने आशा जाग्यो । वहाँ धेरै राम्रो व्यतिm हुनुहुन्थ्यो त्यसैले अहिले धेरैे छिटो वेल्फेयरबाट सहयोग पाएको प्रभुराम राई बताउँदै भन्छन् ।

वहाँलाई भेटे पछि मलाई नयाँ जीवन पाएको महसुस भएको छ । २०७६ साल वैशाख महिनामा उदयपुरमा जग्गा किन्न सहयोग गर्नुभयो । पूर्ण साहेबको गुणलाई म कहिले बिर्सन सक्दिन । मेरो जीवनमा भगवन भएर आउनु भएको छ सबैलाई समान्न गर्नै कसैलाई भेदभाव नगर्ने सहयोगी ब्यवहार भएका पूर्ण साहेब सारै रामो्र लागेको प्रभुराम राईले बताए । उनले भने आज धेरै खुशी लागेको छ । जीवनमा कहिले बिर्सन नसक्ने गुन पूर्ण साहेबको रहेको प्रभुराम राई बताउँछन् ।

हाम्राे  कर्तव्य पनि हो ब्रिटीश गोर्खा भूपू सैनिकहरूलाई सहयोग गर्नु भन्नुहुन्छ सिनियर वेल्फेयर अफिसर क्याप्टेन पूर्ण लिम्बू । ब्रिटीश गोर्खा भु.पु सैनिकहरूको लागि कार्यरत संस्था धरान गोर्खा वेल्फेयरले सेन्टरले प्रभुुराम राईलाई १५ लाखको लागतमा नयाँ पक्की घर उपहार दिएका छन् । विगत लामो समयदेखि ज्याला मजुदरी काम गर्दै कष्टकर जीवन बिताउँदै आएका प्रभुरामको जीवनमा अहिले नसोचेको परिवर्तन आएको छ । उनले उदपुरको त्रियुगा नगरपालिका वडा न.१२ विसनपुर स्थित १० धुर जग्गामा नयाँ पक्कीघर, जग्गा, पाएका छन् भने मासिक ११ हजार ५ सय च्यारेटी पेन्शन र मेडिकल सेवा सुविधा समेत पाएका छन् ।

प्रभुराम राईलाई गोर्खा वेल्फेयर ट्ष्ट नेपाल र युकेमा रहेका गोर्खा भूपू सैनिकहरू उनको पल्टनको नम्बरी साथीहरूले जग्गा किन्न आर्थिक सहयोग गरेको एरिया वेल्फेयर सेन्टर धरान प्रमुख क्याप्टेन पूर्ण लिम्बूले बताए । शुरmमा प्रभुरामको अवस्था हेर्दै धेरै कष्टकर थियो । उनको घरमा भेट्न जाँदा उनले भनेका थिए, मसँग तपाईहरूलाई एक कप चिया समेत खुवाउने हैसियत छैन भन्नु भएको वहाँको शब्दले मलाई निक्कै भावुक बनाएको थियो ।

प्रभुराम जे जस्तो भए पनि ब्रिटीश गोर्खाै सैनिकमा उनले पु¥याएको योगदानको कदर गर्दै मैले उनको सेवा सुविधा उपलब्ध गराउने विशेष पहल गरेको थिएँ भने वहाँ नम्बरी साथीहरूसँग समेत सहयोग मागे सबैको सहयोगको कारण आज प्रभुराम राईले घर,जग्गा, पेन्शन, स्वास्थ सुविधा सबै गोर्खा वेल्फेयरबाट पाउने भएका छन् । खुशी लाग्गेको धरानको सिनियर वेल्फेयर अफिसर क्याप्टेन पूर्ण लिम्बुले बताए ।

धरान वेल्फेयर सेन्टरको तर्फबाट घर निमार्णका लागि ७ लाख र पेन्सन उपलब्ध भएको छ भने आफ्नो नम्बरी साथीहरूको तर्फबाट ७ लाख ४० हजार आर्थिक सङ्कलन भएको थियो । राई दम्पतीले वेल्फेयरको तर्फबाट अहिले सम्पूर्ण स्वास्थ्य उपचार सेवा समेत पाउने भएका छन् । वेल्फेयरको कामको सिलसिलामा खोटाङ पुगेका बेला लिम्बूले राईलाई दयनीय अवस्थामा फेला पारेका थिए ।