ब्लाष्टखबर । सेक्युरिटी प्रेस खरिद प्रकृयामा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको भन्दै एक अडियो क्लिप बाहिरीएकाे छ।

सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेकाे सुनसने उक्त अडियाेमा सम्वाद गरीरहेका मन्त्री बाँस्कोटा र स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र  रहेकाे िविभन्न संञ्चारमाध्यम हरूले दावा गरेका छन्र । दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा   २५ देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका छन्।

मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको नागरिकलाई प्राप्त अडियो संवादमा सुन्न सकिन्छ। स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा उनी र मिश्रबिच घुस लेनदेनको विषयमा कुराकानी भएको प्राप्त अडियो रेकर्डबाट प्रस्ट हुन्छ। 

२० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेकाे सुनिन्छ जुन अावाज मन्त्री बाँस्कोटाकाे रहेकाे बताइएकाे छ । कमर्चारी माथि अस्लिल सब्दकाे प्याेग गरी उनिहरूले हेप्ने भन्दै   नसुनाउन आग्रह गरेका छन् । 

अडियोमा दुइ विच घुस लेनदेनको विषयमा कुराकानी भएको प्राप्त प्रस्ट हुन्छ।

यद्यपी, उक्त टेप वास्तविक भए नभएको पुष्टि भइसकेको छैन । आरोप लागेका मन्त्री बास्कोटाले पनि अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।