धरान । अफगानिस्तानमा पुनः असर्रफ घानी राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोगका अनुसार राष्ट्रपतीय चुनावमा उनले फेरि पनि बाजी मारेका हुन् । आयोगले मंगलबार सार्वजनिक गरेको निर्वाचनको मतपरिणाम अनुसार घानीले ५० दशमलव ६४ प्रतिशत मत प्राप्त गरेका छन् ।

सन् २०१९ को सेप्टेम्बर २८ तारिख सम्पन्न चुनावको मतपरिणाम सार्वजनिक गर्दै आयोगले घानीका प्रत्यासी अब्दुल्ला अब्दुल्लाले ३९ दशमलव ५२ प्रतिशत मात्रै मत प्राप्त गरेका छन् ।

अब्दुल्ला पक्षधरले पुनः मतगणना हुनुपर्ने भन्दै माग गरेका कारण पनि मतपरिणाम ढिला गरी सार्वजनिक भएको हो । थप परिणाम आउन बाँकी रहेको छ ।