ब्लाष्टखबर । विराटनगर ढाटमा टिपरले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार २ जनाको घटना स्थलमा मृत्यु भएको छ ।
विराटनगरबाट इटहरी तर्फ आउदै गरेको को १ ख ७३०९ नम्बरको टिपरले सोहि दिशामा रहेको प्र. नं. २ –०१००१ प १६०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार दुइजनाको घटना स्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा लहान घर भएका २० वर्षीय हरेराम साह, २१ वर्षीय ओजिम खान रहेका छन् । तीन जना सवार मोटरसाइकल दुर्घटनामा अर्का एक सप्तरी घर भएका १९ वर्षीय धनराज यादव घाइते भएका छन् । घइते यादवको उपचारकालागी कोशी अञ्चल अस्पताल लगिएको छ ।
दुर्घटना पछि टिपर चालक ग्रामथान गाउँपालिका ५ का शशिकुमार यादव र टिपर प्रहरीको नियन्त्रणमा रहेका छन् ।
घटनामा मोटरसाइकलमा सवार विराट मेडिकल कलेजका विद्यार्थी रहेको र कलेजको बस छुटेपछि विद्यार्थी पुर्याउन जानेक्रममा दुर्घटना भएको जिल्ला ट्रफिक प्रहरीका प्रमुख राकेशकुमार कोदारले बताए ।