बेलबारी / सलकपुर चाैंकमा मध्यराती २ माेटरसाइकल एक आपसमा ठक्कर खाँदा  २ जनाकाे मृत्यु  हुनुका साथै २ जना घाइते  भएका छन् ।  

नगरपालिकाकाे ८ वडा सलकपुर चाैंक स्थित पूर्व पश्चिम राजमार्गमा मध्यराती पश्चिमबाट पूर्वतिर आउँदै गरेको को ३७ प १७ नं को मोटरसाईकल सोही दिशाबाट जाँदै गरेको को ३४ प ६६०२ नं को मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो । मोटरसाइकल ओभरटेक गर्ने क्रममा एक आपसमा ठक्कर खाँदा  माेटरसाइकलमा सवार सुन्दर हरैचा ८ बस्ने २७ वर्षका विशाल खत्री र सुन्दर हरैचा १२ बस्ने २५ वर्षीय अर्पण गुरागाईँको घटनास्थलमा नै मृत्यु भएको छ ।

दुर्घटनामा  संखुवासभा चैनपुर न पा २ बस्ने २१ वर्षीय लक्ष्मण खत्री र सुन्दर हरैचा ८ बस्ने २० वर्षीय प्रवीण थापा गम्भीर घाइते भएका छन् । उनिहरूकाे गोल्डेन अस्पताल बिरटनगरमा उपचार भइरहेकाे छ ।  मोटरसाइकल प्रहरी चौकी विराटचोकको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।