धरान  / धरान उपमहानगरपालिका नगर सभाको तयारीको लागी आज बोलाइएको कार्यपालिका बैठक विषयबस्तुमा प्रवेश नगरि सकिएको छ ।
नगर प्रमुख तिलक राईले खानेपानीको एजेण्डा राखिको भन्दैं केही वडा अध्याइाहरु तथा कार्यपालिका सदस्यहरुले विरोध जनाए पछि बैठकमा कमुनै छलफल हुन सकेन ।
धरानमा खानेपानी हाहाकार भइरहदासमेत खानेपानी बोर्डका अध्यक्षसमेत रहेका नगरप्रमुख राईले कुनै एजेण्डा नल्याए पछि बैठक नभएको बताइएकाे छ ।  
खानेपानी समस्याबारे बैठकमा कुनै एजेण्डा नआए पछि १२ जनाले आज दिउसो ११ बजे खानेपानी सम्बन्धी प्रस्ताव दर्ता गरेका थिए । दिउसो २ बजे बोलाईको बैठकमा नेकपाका सदस्यहरुले खानेपानीको एजेण्डा छलफल नभए बैठक बस्न नसक्ने बताए पछि खानेपानीका विषयमा छलफल भएको ९ नं. वडाका वडा अध्यक्ष रत्न कटुवालले जानकारी दिए । बैठकमा खानेपानीको एजेण्डाको विषयमा लामो छलफल हुदा अन्य विषयमा छलफल नभए पछि बैठक भोली(विहीबार) विहान ९ बजे लाई बोलाइएको छ ।
धरानमा खानेपानीको अभाव शुरु भएको छ । पानीको चरम समस्या भएको भन्दैं यस अघि ९ नं. वडा अध्यक्ष रत्न कट्वालको नेतृत्वमा आन्दोलनसमेत भएको थियो ।