Trending Tags

युरोपको पिआर छाडेर होटल व्यवसायमा

alt
  • माघ २९, २०७६
  • धनबहादुर पुरी

कोशी टप्पु (सुनसरी) अहिले हजारौं नेपाली युवाहरू खाडी मुलुक जान समेत आतुर र सङ्घर्ष गरिरहेका छन् । तर नर्बे जस्तो युरोपको पिआर छाडेर एक नेपाली युवा भने स्वदेश फर्केर व्यवसाय गर्न थालेका छन् ।

काठमाण्डौ घर भएका सुरज गिरीसुनसरीको कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रमा अकुवा नामक रेष्टुरेण्ट खोलेर पर्यटन व्यवसाय शुरु गरेका छन् । बेलायतको आकर्षक तलब समेत छाडेर १५ वर्षपछि नेपाल फर्केका उनी आफ्नै देशमा केही गर्न चाहेको बताउँछन् ।

पर्यटकीय सम्भावना बोकेको सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्ष नजिकै खोलिएको रेष्टुरेण्ट पर्यटकहरूको लागि लोकप्रिय समेत बन्दै गएको छ । युरोपको साडे तीन लाखको तलब छोडेर आफ्नै देशमा व्यवसाय गर्ने आए उनले भने । नर्बेमा हुँदा आफू रेष्टुरेण्टमै काम गरेको कारण पर्यटकीय सम्भावना देखेर म कोशी टप्पु क्षेत्र आएँ उनी भन्छन् ।

स्वदेशमै गर्दा केही हुन्छ भन्ने मान्यताले आफूले पनि विदेश त्याग गरेर यो रेष्टुरेण्ट व्यवसायमा होमिएको गिरी बताउँछन् । स्वदेशमै उद्यम गर्दा मुलुकमा आर्थिक गतिविधि पनि बढ्ने र केहीलाई रोजगारी समेत दिने सकिने भएकाले पनि उनी स्वदेशमै उद्यम गर्न चाहेको बताउँछन् । विदेशको आकर्षक तलब छाडेर स्वदेशमै उद्यम गर्न हौसिएको बताए ।

आर्थिक आर्जनको दृष्टिले युरोपको कमाईसँग नेपालको कमाईको तुलना नहोला तर, नेपाली हुनुको दायित्व पूरा गर्न पनि आफूहरूले स्वदेशमै केही गर्नुपर्ने गिरीको धारणा छ । नर्बेमा बस्दा धेरै सिर्जनशील नेपाली युवाहरू मैले देखेँ र भेटेँ तर, उनीहरूलाई युरोपको हावापानी र सुविधाभोगीले छोइसकेको छ । अब उनीहरू नेपाल फर्कने सम्भावना निकै कम छ ।’ गिरीले भने ।

होटलमा कोशीको माछासँगै मासुका परिकारको पारखीका लागि रोजाइ बनेको छ । ग्राहकलाई आफ्नो पकडमा राख्न सँधै नयाँ नयाँ परिकारको स्वाद चखाउँछन् । जसका कारण उनको व्यवसाय फष्टाएको छ ।

नयाँ होम स्टे
पछिल्लो समयमा पर्यटन व्यवसायी भन्दै होटल खुल्ने क्रम समेत बढ्दो छ । पछिल्लो समयमा होटल तथा रेष्टुरेण्ट खुल्ने क्रम बढेको पाइन्छ । तर, अकुवा होटल अरू भन्दा भिन्नै किसिमको भएको उनी दाबी गर्छन् ।

त्यहाँ पुग्ने पाहुनाहरू सानो सानो घरमा बस्न पाउँछन् । उनीहरूले आआफ्नै पकाउने र खाने सामग्री समेत लिएर बस्ने पाउने छन् । चिटिक्क परेको घरमा बसेर पर्यटकहरू रमाउने व्यवस्था छ गिरी भन्छन् । कोशी टप्पु वन्यजन्तु आरक्ष कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो ।

कोशी टप्पु वन्य जन्तु आरक्षण दक्षिण पूर्वी तराईको सुनसरी जिल्लामा सप्तकोशीको तमा अवस्थित छ । राम्रो र ठूलो सिमसार क्षेत्र भएका कारण यस आरक्षमा साइवेरियादेखि घुमन्ते चराहरूले चिरबिर चिरबिर गरेर रमाइलो मनोरञ्जन दिने उनको भनाइ छ । घर नै रिजर्ब गरेर पर्यटकहरू बस्ने सक्ने व्यवस्था छ उनले थपे ।

यस कोशी टप्पु वन्यजन्तु आरक्षमा तीन अलग मौसम अनुभव गर्न पाइन्छ । गर्मीको मौसम (फाल्गुण देखि जेठसम्म)मा तीव्रता न्यूनतम वर्षा सँगसँगै तीव्र गर्मी हुन्छ । यसबेला यहाँको तापक्रम ४० डिग्री सेन्टीग्रेट सम्म पुग्न सक्छ । मनसून जेठको अन्त्य तथा आषाढको शुरुमा शुरु हुन्छ र भाद्रसम्म लगातार भारी वर्षा रहन्छ ।

पुग्ने कसरी ?
विराटनगरबाट करिब ५० किमि उत्तर पश्चिम र धरानबाट करिब ४० किलोमिटर पश्चिम दक्षिणमा अवस्थित कोशीटप्पुसम्म पुग्न यातायातका साधन सजिलै पाइन्छ । पूर्व पश्चिम राजमार्गको लौकही नजिकैको जमुनाहबाट दुई किमी उत्तरमा रहेको आरक्षणमा इटहरी, इनरुवा हँुदै जानुपर्छ । सडक हाइवे नजिकै भएको कारण पनि त्यहाँसम्म पुग्न समस्या छैन ।

पर्यटकहरूको गन्तव्य
नदीको केही भागसमेत समेटेर १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्ष क्षेत्रमा अर्ना र दुर्लभ चराको अवलोकन गर्न बर्सेनि विदेशी पर्यटकहरू आउँछन् । अहिले पनि विदेशबाट होटल बोकिङ गर्ने गरेको गिरी बताउँछन् ।

कात्तिकदेखि फागुन महिनासम्ममा रूस, श्रीलङ्का, भारत, तिब्बत आदि देशहरूबाट हुल बाँधेर चराका बथान आइपुग्छन् । त्यही चरा, अर्ना हात्ती सफारी गर्ने पर्यटकहरू आउने र एक रात बस्ने गरेको गिरीको भनाइ छ ।

कात्तिकदेखि फागुनसम्म अर्ना र चराको संसार घुमघाम र दृश्यावलोकनका लागि बढी उपयुक्त मानिन्छ । यो अवधिमा चराहरूको भीडले कोशीटप्पुको रौनक नै अर्कै हुन्छ । अझै हात्ती चढेर आरक्षण र नजिकैका गाउँ घुम्दाको मज्जै बेग्लै हुन्छ । त्यससँगै हात्ती सफारीमा बेग्लै मज्जा उनले भने ।

hotel1

उपचारपछि घर फर्किएका ...

ताप्लेजुङ/ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका ८० वर्षिय ...

ताप्लेजुङमा एकै परिव ...

ताप्लेजुङ/ ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नं ८ याम ...

कोरोना भाइरसले ल्याए ...

कोभिड–१९ को महामारीबाट अहिले विश्वसँगै नेपालले यस ...

किट अभाव भएसँगै अब श ...

धरान । पीसीआरका लागि चाहिने अतिआवश्यकीय किट अभाव भएसँगै ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved